पाँचथर– सशस्त्र प्रहरी बल नेपाल नम्बर– २ गुल्म हेटक्वाटर हिमशिखरको जुनियर अधिकृत आवासगृह उद्घाटन गरिएको छ । शनिवार फिदिम नगरपालिकका प्रमुख मित्र प्रसाद काफ्लले उक्त भवनको उद्घाटन गरेका हुन् ।
उपमेयर राधाकृष्ण न्यौपाने, नेपाली सेनाको रणशेर गणका गणपति दिलिप राउत, राष्ट्रिय अनुसन्धान पाँचथरका प्रमुख चिरन कोईराला सहित विशिष्ट व्याक्तिहरुको उपस्थितिमा उक्त भवनको उद्घाटन गरिएको हो ।
फिदिम नगरपालिकाको आर्थिक सहयोगमा उक्त भवन निर्माण भएको गुल्मपति हरि प्रसाद शर्माले जानकारी दिए ।
सशस्त्र प्रहरीको आवासगृह उद्घाटन
सशस्त्र प्रहरीको आवासगृह उद्घाटन
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस