अमिर राई/ गिरिराज बाँस्काेटा
विश्वलाई नै जलवायु परिवर्तनले आक्रान्त बनाईरहेको अवस्थामा सबैभन्दा ठूलो पिडा हाम्रो हिमालले भोगिरहेको छ । अटल हाम्रो हिमाल बितेका केही दशकबाट स्वाभाविक भन्दा बढी नै चलायमा भईरहेको अवस्था छ। हिम नदीबाट बग्ने धमिलो पानीले हिमाल भित्रको उथलपुथललाई प्रदर्शन गर्न खोजिरहेको छ। यसले हिमालमा ठुलो असर परेको भन्ने संकेत देखिन्छ ।
ग्लेशियर पग्लने रफ्तार तेज छ । रिपोर्टहरूका अनुसार नेपालले विगत ३० वर्षको अवधिमा लगभग एकतिहाई हिउँ गुमाएको छ। इसिमोड को अध्ययन अनुसार सन् २०१० यता नेपालको हिमालमा हिउँ ६५ प्रतिशत छिटो पग्लिरहेको जनाएको छ।
विश्वको तेश्रो र नेपालको दोश्रो अग्लो हिमाल कञ्चनजङ्घामा पनि जलवायु परिवर्तनको असर देख्न थालिएको छ । स्थानियको अनुभव, भौगोलिक रुपमा भईरहेको परिवर्तन लगायतका कारण पनि यस्तो अनुमान गरिदै छ । ८५८६ मीटर उचाईमा रहको कञ्चनजङ्घा पछिल्लो समयमा पदायात्रका लागि रुचाइएको हिमाल हो । बर्षेनी हिमाल चढ्न विदेशीहरु पनि आउने गर्छन् ।
अर्कोतर्फ बेमौसमी हिमपातले हिमाल आरोहणसंगै पदयात्रा अनि हिमाली जीवनशैलीमै असर गरिरहेको छ।मध्य हिउँदमै राम्रो हिमपात भए बसन्त ऋतुमा हिमाल आरोहणका लागि जानेलाई त्यति धेरै जोखिम मोल्नुपर्दैन थियो र पछुवा हिमपातले हिमाल आरोहण साथै ट्रेकिङलाई पनि गहिरो असर पारिरहेको छ।
हिमालका अंशहरु चोईटिएर अब कहिले नफर्क्ने गरि ओराली झरिरहेको दृश्य देख्दा जोकोही हिमाललाई माया गर्नेहरुको मन स्वाभाविक रुपमै दुख्छ नै तर यो विषयमा सरोकारवाला निकायहरु कतिको गम्भीर छन् ? भूक्षयले हिमालको भुगोलमै ठूलो परिवर्तन लियाईरहेको छ। भूक्षयको यो विकराल अवस्थालाई मध्यनजर गर्ने हो भने सायद हाम्रो अटल हिमालहरुको आयु लामो देखिन्दैन।
विशेष गरी कञ्चनजङ्गा क्षेत्र अन्तर्गत पर्ने लोनक आसपास र लोनकबाट पुर्ब पर्ने कञ्चनजङ्गाको उत्तरी आधारशिविर पाङ्पेमासम्मको क्षेत्रमा वर्षेनि जस्तो जाने पहिरोका कारण पदयात्रीहरुले सास्ती भोग्नु परिरहेको छ।पदयात्रीहरुलाई एक त माथिबाट ढुङ्गा झर्ने सक्ने समस्याले अत्तिईरहन्छ त अर्को पहिरोको बीचबाट साँगुरो बाटो भएर जोखिमपूर्ण यात्रा गर्नु पर्ने बाध्यताले सताईरहन्छ।लोनक–पाङपेमा क्षेत्रमा तपाईले यो वर्ष यात्रा गर्नु भएको पदमार्ग अर्को वर्ष नरहन पनि सक्छ।केहि वर्ष अगाडि सम्म देखिने धेरै घाँसे मैदानहरु पहिरोमा परिणत भईसके।जोखिमयुक्त पदमार्गहरुलाई पहिचान गरेर सम्भब भएसम्मको व्यवस्थित गर्न र पदयात्रीहरुको जोखिम न्यूनीकरणमा समयमै सम्बन्धित निकायहरुले ध्यान पुर्याउनुपर्ने आवश्यकता देखिन्छ।
स्थानीयका अनुसार भूक्षयको यस्तै क्रम चलिरहने हो भने सायद पदयात्रीहरुका निम्ति रहेको उत्तरी कञ्चनजङ्गा आधारशिविर पाङपेमाको भविस्य पनि संकटमा पर्ने देखिन्छ ।लोनक क्षेत्रको ग्येशियरहरुमा नवीन हिमतालहरुको उदयले प्रष्ट सङ्केतहरु गर्न खोजिरहेको छ।केहि वर्ष अगाडि सानो आकारमा रहेका हिम तालहरुले अस्वाभाविक रुपमा केही वर्ष भित्रै आफ्नो आकारमा उल्लेख्य वृद्धि गरिरहेको देख्न प्रष्ट सकिन्छ।
हिमालमा पछिल्लो दशमा विभिन्न परिवर्तन भइरहेको अनुमान छ । सो क्षेत्रका बासिन्दाको अनुभव परिवर्तनको आभाषको अनुभव सुनाउँछन् । कञ्चनजङ्घा हिमालबाट लिनुपर्ने फाईदा धेरै छन् । हिमालको भविष्यको चिन्ता बढ्न थालेको छ ।
२०२१ र २०२४ मा लिइएकाे लाेनाककाे तस्विर ।