पाँचथर । पाँचथरमा पछिल्लो पाँच वर्षको तथ्याङलाई हेर्दा आत्महत्या गर्नेहरुको संख्या निकै डर लाग्दो देखिन्छ । जिल्ला प्रहरी कार्यालय पाँचथरकोे तथ्याङ्कअनुसार पछिल्लो पाँच आर्थिक वर्षमा मात्र २ सय ४३ वटा आत्महत्याको मुद्धा दर्ता भएको छ । अर्थात २ सय ४३ जनाले आत्महत्या गरे ।
पाँचथर प्रहरीको तथ्याङ्क अनुसार सबैभन्दा बढी झुन्डिएर र विष सेवन गरेर आत्महत्या गर्नेहरू छन् । आ.ब २०७६/७७ मा आत्महत्या गर्नेहरु मध्ये ९८ प्रतिशत झुन्डिएर आत्महत्या गरेका छन् । २ प्रतिशले विष सेवन गरेर आत्महत्या गरेका छन् । आ.ब २०७७/७८ मा ९५ प्रतिशत झुन्डिएर र ५ प्रतिशतले विष सेवन गरेका छन् । आ.ब २०७८/७९ मा ९८ प्रतिशत झुन्डिएर र २ प्रतिशतले विष सेवन गरेका छन् जिल्ला प्रहरी कार्यालय पाँचथरको तथ्याङ बिश्लेषण गर्दा पाँच आर्थिक वर्षमा सबैभन्दा बढी झुन्डिएर आत्महत्या गर्नेहरू छन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरको तथ्याङक अनुसार पछिल्लो पाँच वर्षमा १८—४५ उमेर समुहका आत्महत्या गर्ने ब्यतिहरुको संख्या सबै भन्दा धेरै छ । पाँचथरमा पछिल्लो तथ्याङक अनुसार आ.व २०७६/७७ मा २९ जना पुरुष र २५ जना महिलाले आत्महत्या गरे, आ.व.२०७७/७८ मा ४१ जना पुरुष र १७ जना महिलाले आत्महत्या गरे,२०७८/७९मा ३५ जना पुरुष र २१ जना महिलाले आत्महत्या गरे, आ.व. २०७९/ ८० मा ३ जना पुरुष र ६ जना महिलाले आत्महत्या गरे आ.व. २०८०/ ८१ मा ३८ जना पुरुष र १८ जना महिला, ३ जना बालक, २ जना बालीका गरी जम्मा ५८ जनाले झुन्डिएर आत्महत्या गरेका छन् । २ जना पुरुष, ३ जना महिला गरि जम्मा ५ जनाले बिस खाएर आत्महत्या गरेको प्रहरीको तथ्याङक रहेको छ । पछिल्लो पाँच वर्षमा वर्ष १५१ जना पुरुषले आत्माहत्या गर्दा ९२ जना महिलाले आत्माहत्या गरेका छन् ।
प्रहरीको तथ्याङक अनुसार आत्महत्या गर्नेमा साधरण पढलेख भएका ब्यतिहरुको संख्या बढि छ । शैक्षिक योग्यता राम्रो भएका ब्यतिहरुको संख्या कम देखिन्छ । पाँचथरमा पछिल्लो आ.व २०७६/७७,२०७७/७८ र २०७८/७९ मा घटेका आत्महत्याका घटनाहरुको अध्ययन गर्दा सबै भन्दा बढी घरायसि समस्याको कारण आत्महत्याको घटना भएको प्रहरीले जनाएको छ । पछिल्लो आ.वहरुमा मानसिक समस्याको काराण पनि आत्महत्या बढिरहेको प्रहरी बताउछन् ।
सफलता र असफलता बीचको दूरीले मानिसलाई आत्महत्याको बाटो रोजाउने प्रहरीहरू बताउँछन्। महत्त्वाकांक्षा र अपेक्षाअनुसार व्यावसायिक, व्यक्तिगत जीवनमा आत्मसन्तुष्टि नमिलेपछि व्यक्ति डिप्रेसनमा जाने र त्यसको चरम रूप आत्महत्या हुने प्रहरीहरूको भनाइ छ । आत्महत्याको कहालीलाग्दो स्थितिलाई लिएर अध्ययन गरी समाधानको बाटो खोज्नुपर्ने जिल्ला प्रहरी कार्यालय पाँचथरका डिएसपी हेमन्त भण्डारी क्षेत्री बताउँछन्।
आत्महत्याका पछाडि आर्थिक र समाजिक कारणहरू पनि जोडिएर आउने मानोपरार्मशदाताहरु बताउछन् । आर्थिक कारणमा बेरोजगारी, वैदेशिक रोजगार र महिलाहरू आत्मनिर्भर नहुनु कारणहरू हुन्। यस्तै सामाजिक कारणहरुले समेत मानिसलाई आत्महत्याको बाटो देखाउने गरेको बताइन्छ ।
पछिल्लो समय असफलता, प्रेममा सफल हुन नसक्नु, घरेलु हिंसा, पारिवारिक कलह, र कतैकतै दीर्घरोग लागेका व्यक्तिले समेत अब ठीक हुन सकिन्न भन्ने थाहा पाएपछि आत्महत्या गरेका उदाहरणहरू छन् ।