विस्फोटक पदार्थ पड्किंदा पाँचथरमा ४ बालक घाइते

पाँचथर ।पाँचथर  फालेलुङ ५मा विस्फोटक पदार्थ पड्किंदा ४ जना बालक घाइते भएका छन् । बिहिबार फालेलुङ ५ डाँडागाउँमा विस्फोटक पदार्थ पड्किंदा ४ बालक घाइते भएको  फालेलुङ ५ वडाध्यक्ष भरतबहादु खपाङगीले केन्जोखबरलाई जानकारी दिए ।
विस्फोटक पदार्थ पड्किंदा ३ जना गम्भीर घाइते र एक जना सामान्य घाइते भएका छन् ।  फालेलुङ ११ वर्षीय दिपशन साँवा र २ वर्षीय प्रियसा सावा , ११ वर्षीय पबन राई गम्भिर घाइते रहेको खपाङगीले केन्जोखबरलाई जानकारी दिए । ७ वर्षिय दिपशन राई सामान्य घाइते रहेको खपाङगीले केन्जोखबरलाई जानकारी दिए । सामान्य घाइतेकाे स्थानिय स्वास्थ्य चाैकीमा उपचार भइरहेकाे छ ।
गम्भीर घाइते बालकहरुको उपचारको लागी जिल्ला अस्पताल पाँचथर ल्याइदै गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख हेमन्त भण्डारीले जानकारी दिए । घटनास्थल तर्फ प्रहरी टा्ेली गइरहेको उनले जानकारी दिए । प्रहरी टोली घटनास्थल पुगे पछि मात्र घटनाको बारे थप बिबरण आउने उनले बताए ।
विस्फोटक पदार्थ कहाँ र कस्तो अवस्थामा थियो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
भण्डारीले भने, ‘ठ्याक्कै कहाँ कस्तो अवस्थामा विस्फोटक पदार्थ थियो भन्ने खुलेको छैन ।