पाँचथर । पाँचथरको फालेलुङ ५मा विस्फोट विस्फोटक पदार्थ ‘होममेड ग्रिनेट’ भएको पाइएको छ । सुरक्षा निकायले पुष्टी गर्न बाँकी छ । नेपाली सेनाको टोली पुगे पछि मात्र पुष्टी हुनेछ ।
शुक्रबार बिहान मात्र नेपाली सेनाको टोली घटनास्थल पुग्ने बताइएको छ । बिहिबार दिउसो विस्फोट भएको आइतराज केरुङकाे घरमा अर्काे विस्फोटक पदार्थ ‘होममेड ग्रिनेट’ फेला परेको सुरक्षा अधिकारीले केन्जोखबर लाई जानकारी दिएका छन् ।बिहिबार फालेलुङ ५ डाँडागाउँमा विस्फोटक पदार्थ पड्किंदा ४ बालक घाइते भएका थिए ।
विस्फोटक पदार्थ पड्किंदा गम्भीर घाइते भएका ११ वर्षीय दिपशन साँवा र २ वर्षीय प्रियसा सावाँलाई जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभए पछि थप उपचारको लागि सुविधा सम्पन्न झापाकाे बि एण्ड सि मा रेफर गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख हेमन्त भण्डारीले जानकारी दिए ।
घाइते ११ वर्षिय पबन राईको उपचार जिल्ला अस्पताल पाँचथमा भइरहेको छ । सामान्य घाइते ७ वर्षिय दिपशन राईको स्थानिय स्वास्थ्य चौकी प्राङबुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।