पाँचथर । फालेलुङ-५ प्राङबुङको डाँडागाँउमा विहिबार करिब साढे ३ बजे तिर चर्को आवाजमा विष्फोट भयो ।गाँउलेहरु कुदेर आए । नानीहरु बिष्फोटले जलिरहेका थिए । एकाएक गाँउमा अत्यास छायो ।‘कसरी यस्तो भयो भन्ने नै थाहा भएन । हतारहतार नानीहरु स्वास्थ्य केन्द्र लगियो’ वार्ड अध्यक्ष भरत खपाङगिले सुनाए ।
विद्यालयमा परिक्षा चल्दै गरेकाले केटाकेटि छिट्टै घर आएका थिए ।स्थानिय स्वास्थ्य चौकिमा उपचार सम्भव थिएन । जिल्ला अस्पताल पाँचथर ल्याईपुर्याउन समय लाग्नै नै भयो । घाईते मध्येका तीन जनालाई ४२ किलोमीटर पाँचथर अस्पताल पुर्याईयो ।दिलिप साँवाका ११ बर्षिय छोरा दिप्सन र २ बर्षिय छोरी प्रिन्सा साँवाको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि विएण्डसि अस्पताल झापा रेफर गरियो । प्रिन्साको बाटैमा र दिप्सनको अस्पतालमा मृत्यु भयो ।
आईत बहादुर केरुङको घरमा विस्फोट भएको थियो । यो घरमा ज्ञान बहादुर राई बस्दैँ आएका थिए । छिमेकी दिलिपका नानीहरु यहाँ खेल्न आएका थिए । तर उनिहरु घर फर्किन पाएनन् ।११ बर्षिय पवन राईको जिल्ला अस्पताल पाँचथरमा उपचार भईरहेको छ । सामान्य घाईते दिपेश राई गाँउमै छन् ।उनले बताए अनुसार घरछेउमा एउटा बस्तु भेटिएको थियो । नजिक ल्याएर हम्मर (ढुङगा फुटाउने)ले कुटेर फुटाउन खोज्दा पढ्किएको थियो ।
घटनास्थलमा रहेका प्रहरी निरिक्षक रुपेश तामाङका अनुसार घर छेउमै अर्को संकास्पद बस्तु भेटिएको हो ।द्वन्द्वकालको हो या नयाँ भन्ने यकिन छैन्। पुरानै हुनसक्ने वार्ड अध्यक्ष खपाङ्गी बताउछन् ।ग्रिनेट भएको अनुमान गरीएको छ । द्वन्द्वका समयमा तत्कालिन विद्रोहि पक्षको बाक्लो उपस्थिति रहेको ठाँउ हो । सरकारी सुरक्षाकर्मि पनि पुगिरहन्थे ।
नेपाली सेनाको टोली घटना स्थलमा पुगेको छ । घर खान तलासी गरिरहेको छ । नयाँ हो या पुरानो हो, केके सामाग्री लगाएर बनाएको भन्ने बारे अनुसन्धान भईरहेको पाँचथरका प्रहरी प्रमुख डिएसपि हेमन्त भण्डारीले बताए ।गाँउमा सारै दुखद् घटना भएको स्थानिय पूर्ण जवेगु बताउछन् ।