पाँचथर । पाँचथरको फालेलुङ ५ डाँडागाउँमा भेटिएको विस्फोटक पदार्थ ‘ ग्रिनेट’ रणशेर गण फिदिमबाट गएको नेपाली सेनाकोटोलीले डिस्पोज गरेको छ ।
बिहिबार दिउसो आईत बहादुर केरुङको घरमा‘ ग्रिनेट’ पड्किंदा ४ बालक घाइते भएका थिए । घाइते भएका मध्ये दिलिप साँवाका ११ बर्षिय छोरा दिप्सन र २ बर्षिय छोरी प्रिन्सा साँवाको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि विएण्डसि अस्पताल झापा रेफर गरियो । प्रिन्साको बाटैमा र दिप्सनको अस्पतालमा मृत्यु भयो ।
११ बर्षिय पवन राईको जिल्ला अस्पताल पाँचथरमा उपचार भईरहेको छ । सामान्य घाईते दिपेश राई गाँउमै छन् ।
सोहि दिन घर छेउमै अर्को संकास्पद बस्तु भेटिएको थियो । त्यहि संकास्पद बस्तुलाई शुक्रबार बिहान सदरमुकाम फिदिमबाट गएको रणशेर गणको नेपाली सेनाकोटोलीले डिस्पोज गरेको हाे । बिहिबार दुइ जना बालबालिकाकाे मृत्यु हुने गरि विष्फोट भएकाे ‘ ग्रिनेट’ आज डिस्पोज गरिएकाे ‘ ग्रिनेट’ रहेकाे अनुमान सुरक्षा अधिकारीहरुले गरेका छन् ।