पाँचथर । पाँचथरको फालेलुङ-५ प्राङबुङको डाँडागाँउमा ग्रिनेट बिस्फोटमा परि दुई दाजू बैनीको मृत्यु र थप दुईजना घाईते भएको घटनाले जिल्ला तरङ्गित छ । बालवालिकाको मृत्युले जिल्ला बासि पीडा व्यक्त गरिरहेका छन् भने स्थानिय भावविह्वल भएका छन् । स्थानिय त्रसित पनि छन्।
नजिकै अर्को संकास्पद बस्तु पनि भेटिएको छ । ग्रिनेट द्वन्दकालिन हो होईन पुष्टि हुन बाँकि छ ।यस्तै बिस्पोट २०७४ साल बैशाखमा पाँचथरको हिलिहाङ-७ भएको थियो ।जंगलको ओडारमा बिस्फोट हुँदा बाख्रा गोठाला दुईजना घाईते भएका थिए ।ओडारमा आगो बाल्दा बिस्फोट भएको थियो । बिस्फोटले १५ बर्षिय र १७ बर्षिय दुई बालक घाईते भएका थिए । उनिहरुको झापामा उपचार गरिएको थियो ।
घटना स्थलमा टिन लगायता सामाग्री भेटिएको थियो ।
सात बर्षपछि अर्को दुखद् दुर्घटना भएको छ । घर छेउमा भेटिएको ग्रिनेट केटाकेटिले भेटेर हम्बरले हान्दा बिष्फोट भएको थियो ।११ बर्षिय दिप्सन र २ बर्षिय प्रिन्साको मृत्यु भएको छ । दुइ घाइते बालकको अवस्था सामान्य छ ।घरछेउमा भेटिएको अर्को ग्रिनेट नेपाली सेनाको टोलिले डिस्पोज गरेको घटना स्थलमा रहेका प्रहरी निरिक्षक रुपेश तामाङले बताए ।
करिब ६ बर्ष अगाडि फाल्गुनन्द गाउँपालिका ४ बरडाँडाकाे एक घरमा यस्तै बस्तु भेटेर खेलाउदा बिस्फाे६ भएको थियो । करिब १२ बर्षकाे एक जना बालककाे हातको सबै औला सबै चुडिएकाे थियाे ।
केटाकेटिले चलाउदा पढ्किएको ग्रिनेट होममेड हो कि होईन टुङ्गो लागेको छैन् ।शान्ती प्रक्रिया सुरू भएको यति बर्ष पछि पनि यस्ता घटना हुनु दुखद् भएको विभिन्न क्षेत्रका बासिन्दाको भनाई रहेको छ ।