पाँचथर– पाँचथर सदरमुकाम फिदिमदेखि झापाको विर्तामोडसम्मको गाडी भाडा ८ सय ७० रुपैँया तोकिएको छ । कोशि प्रदेश सरकारको आन्तरीक मामिला तथा कानुन मन्त्रालयले यो भाडादर तोकेको हो ।
इलामसम्मको भाडा ४ सय र इलामदेखि विर्तामोडसम्मको भाडा ४ सय ७० रहेको छ । यस्तै फिदिम ताप्लेजुङको भाडा ५ सय १५ रुपैँया रहेको छ । तोकिएको भाडादर भन्दा बढि रकम लिएको पाईए कार्वाहि गरिने पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोइरालाले जानकारी दिए ।
‘यात्रुलाई टिकट दिएरमात्र यात्रा गराउन व्यवसायिलाई भनेका छौँ । टिकट दिए, नदिएको र निर्धारीत भाडादरभन्दा बढि रकम रकम लिए, नलिएको कडाईका साथ चेँक जाँच गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिएको छु’ कोईरालाले भने ‘जिल्ला भित्रका विभिन्न ठाँउको भाडादर चाडै निर्धारण गर्ने छौँ ।’
स्थानिय यातायात व्यवस्थापन समितिको बैठक बसि जिल्लाबाट अन्यजिल्ला तथा जिल्ला भित्र सञ्चालन भएको सार्वजनिक निर्धारणका लागि सात सदसिय समिति बनाइएको छ । यातायात व्यवस्था कार्यालय इलामका सुभाष बराल, जिल्ला प्रशासन कार्यालयका प्रकाश अधिकारी, ट्रफि कार्यालयका प्रमुख कुल बहादुर बुढाथोकि, यातायात व्यवसायिहरु मेदनी खत्रि, प्रदिप केरुङ, धनेश्वर गजुरेल, देविराज कुरुम्बाङ रहेको समितिले भाडाा निर्धारणका लागि समिलिताई सिफारीस गर्ने छ ।
बैठकले तमोर कोरीडरको फिदिम–मुलघाट खण्डलाई अस्थायि रुट कायम गरि ९ सय भाडा दर तोक्नका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।
फिदिम–विर्तामोडको गाडी भाडा ८ सय ७०
फिदिम–विर्तामोडको गाडी भाडा ८ सय ७०
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस