पाँचथर । नेपालमा विहिबार रातीदेखि देशभर वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा पाँचथरकाे फिदिममा एक सय ७२ मिलिमिटर पानी परेको छ । याे धेरै भारि वर्षा हाे ।
मौसमको शब्दावलीमा १० मिलिमिटरसम्मको वर्षालाई हल्का, १०-५० मिलिमिटरसम्मको वर्षालाई मध्यम, ५०-१०० मिलिमिटरसम्मको वर्षालाई भारी, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी र २०० मिलिमिटरभन्दा बढी पानी पर्यो भने अति भारी वर्षा भनिन्छ।
पाँचथरमा याे समाचार तयार पार्दा सम्म पहिराेले ३ जनाकाे मृत्यु भएकाे छ । ५ जना हराई रहेका छन् । हेवा खाेलामा रहेकाे बेलिब्रिज बगाएकाे छ ।