पाँचथर । बिहिबार रातिबाट लगातार परिरहेको वर्षाको कारण पाँचथरका बिभिन्न स्थानमा पहिरोले पुरेर मृत्यु हुनेको संख्या ५ पुगेको छ । ४ जना बेपत्ता र एक घाइते रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
मृत्यु हुनेमा फिदिम १२ घर भइ फिदिम ४ मा बस्ने २४ वर्षिय सपना शेर्पा र उनको छोरी ५ वर्षिय डोल्मा शेर्पा, फिदिम ८ भोटेगाउँका वर्ष ८२ का पश्चिमा शेर्पा, फिदिम २ मजिटेकी वर्ष ३५ की रञ्जना राई र फिदिम १ दुमाका वर्ष ५५ का गोपी विश्वकर्मा मृत्यु भएका छ । घाइते हुनेमा मृतक रञ्जना राईका छोरा बिपन राई रहेका छन् । उनको उपचार जिल्ला अस्पताल पाँचथरमा भइरहेको छ ।
यस्तै, पहिरोमा परि कृष्ण दास, उनकी श्रीमती कमला दास, धनकुमार तुम्बापो, राजेश तुम्बापो उनको श्रीमती सरस्वति तुम्बापो बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । बेपताहरूको खोजि कार्य भइरहेको प्रहरिले जनाएको छ ।
हेवाँखोलाको बेलिब्रिज बगायो
मेचिराजमार्ग अन्तरगत फिदिम ४ र हिलिहाङ ७ जोड्ने हेवाखोलाको बेली ब्रिज हेवा खोलामा आएको बाढिले बगाएको फिदिम वडा नम्बर ४ का वडाध्यक्ष उपेन्द्र लावतिले जानकारि दिए ।
बाढिले हिलिहाङ तर्फको पिल्लर बगाएको बताईएको छ । गत असारमा आएको बाढिले हेवाखोलाको पक्कि पुल बगाए पछि सोहि स्थानमा अस्थाई ब्रिज बनाईएको थियो । ब्रिज बगाए पछि पाँचथरको हिलिहाङ,याङवर र ताप्लेजुङ तर्फको यातायात पुणर्रूपमा बन्द भएको छ ।
फेमोखोलाको पक्कि पुल बगायो
फिदिम फालोट सडकखण्ड अन्तरर्गत फिदिम १ र फिदिम ११ जोड्ने फेमेखोलाको पक्कि पुल बगाएको छ । मेचि राजमार्गको हेवा खोलामा बेली ब्रिज बगाएको केहि समयमानै फेमेखोलाको पक्कि पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
पुल बगे सँगै सदरमुकाम फिदिमबाट फिदिम ११,फिदिम १२,फिदिम १३ र फालेलुङ गाउँपालिका सँगको सम्पर्क टुटेको छ ।