पाँचथर । विपद् व्यवस्थापन समितिको निर्णय विपरित पाँचथर सदरमुकाम फिदिमका नीजि विद्यालयले विद्यालय सञ्चालन गरेका छन् । पाँचथर जिल्ला भरी बाढि, पहिरोका कारण ठुलो क्षती पछि शनिवार विपद् व्यवस्थापन समितिको बैठकले विद्यार्थीलाई विद्यालय आउन जान समस्या हुने भएकाले १३ र १४ गते विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।
विपद् व्यवस्थापन समिति, स्थानिय तहका प्रमुख, राजनीतिक दल तथा संघसंस्थाका प्रतिनिधि सहितको बैठकले हालको विपद्जन्य अवस्थालाई मध्यनजर गर्दै यस जिल्लामा सञ्चालन भएका सरकारी एंवम नीजि विद्यालय २०८१ असोज १३ र १४ गते विदा दिने व्यवस्था स्थानिय तहले मिलाउने निर्णय भएको थियो ।
तर निर्णय उल्लङघन गर्दै फिदिम विद्यावरदान बोर्डिङ, नयाँ नमुना मावि र वालकिरण इङलिस स्कुल सञ्चालन भएको पाइएको छ । सदरमुकाम फिदिम आउने अधिकाश सडक तथा बाटोमा पहिरो खसेको छ । बजार क्षेत्र बाहेकका विद्यार्थी विद्यालय जान कठिन छ । निर्णय उल्लघंन भएको भन्दै विपद् व्यवस्थान समितिका पदाधिकारीले असन्तुष्टि व्यक्त गरेका छन् ।