पाँचथर । पहिरोले काबेली करिडोर विद्युत् प्रसारण लाइनमा क्षति भएपछि पूर्वी पहाडका तीन जिल्लामा अवरुद्ध रहेकाे विद्युत् सेवा सुचारु गर्ने प्रयास भइरहेको बिद्युत प्राधिकण प्रशारण केन्द्र पाँचथरले जनाएको छ ।
पहिरोले काबेली करिडोर १३२ केभी प्रसारण लाइनको इलामको महामाईमा रहेको ५१ नम्बरको टावर ढलेको छ। टावर ढलेपछि इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत् सेवा ३ दिन देखि अवरुद्ध हुँदा पूर्वी पहाडका तीन जिल्लको जनजीवन प्रभावित भएको छ ।
पूर्वी पहाडमा उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोड्ने तथा यी क्षेत्रमा विद्युत् सेवा वितरणको कार्य सोही करिडोरको माध्यमबाट हुँदै आएको थियो।
नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक माध्यमको रुपमा १३३ केभी प्रसारण लाइनमा जोडेर बत्ती बाल्ने प्रयास जारी रहेको जनाएको छ। ३३ केभी प्रसारण लाइन ७ वर्ष देखि बन्द रहेको हुँदा वैकल्पिक माध्यम बत्ति बाल्न गाह्रो भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । आइतबार झापाको बिर्तामोड देखि झापाको बुधबारे सम्म बति बालिएको तर बुधबारबाट इलामको गोदक सम्म बिद्युत नअडिएको कारण बिद्युत सञ्चालन हुन नसकेको बिद्युत प्राधिकण प्रशारण केन्द्र पाँचथका मदन तिम्लसिनाले जानकारी दिए ।
बुधबारेबाट इलामको गोदक सम्म बिद्युत सञ्चालन गर्ने प्रयास सोमबार बिहानबाट भएकाले गोदकमा बिद्युत अडिने बितिकै पाँचथर सहित इलाम र ताप्लेजुङमा बत्ति बल्ने तिम्लसिनाले जानकारी दिए । ‘सबै कुराले साथ दिएमा सोमबार बेलुका सम्म बति बल्छ होला ।’ तिम्लसिनाले भने