पाँचथर-यसपल्टको बाढीपहिरोले घर, गोठ, सडक, पुल, खेतीयोग्य जमिन बगाएर लगेको छ । बाढीपहिरोका कारण पाँचथरको सदरमुकाम फिदिमसहित विभिन्न ठाउँमा कन्तबिजोक छ । पाँचथरमा आठ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन् । यसपल्टको बाढीपहिरोले फिदिम नगरपालिका र फालेलुङ गाउँपालिकालाई बढी क्षति पुर्याएको छ । तर फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकामा पनि क्षति भएको छ ।
पछिल्ला हरेक वर्ष पाँचथरमा बाढीपहिरोले निकै सताउँदै आएको छ । बनेका पूर्वाधार र संरचना ध्वस्त बन्दै गएका छन् । योपल्टको सडक, बिजुली, खानेपानी कृषि क्षेत्रमा पुर्याएको क्षतिको विवरण अझै पनि संकलन भइसकेको छैन । पूर्ण विस्थापितको पूर्ण सूची आउनै बाँकी छ ।
‘जताजतै क्षति पुगेको छ । विवरण संकलन हुने काम जारी छ । हाम्रो मुख्य प्राथमिकता मुख्य राजमार्गमा सडक सञ्चालन गर्नु रहेको छ,’ पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले भने, ‘यो जिल्लामा पछिल्ला हरेक वर्ष बाढीपहिरोले ठूलो क्षति पुर्याउँदै आइरहेको रहेछ ।’
गत असारमा याङवकर गाउँपालिकामा गएको बाढीपहिरोले ठूलो क्षति पुर्यायो । १ सयभन्दा बढी परिवार विस्थापित भए भने पुष्पलाल मध्यपहाडी लोकमार्ग तहसनहस भयो । दुई पुल बगायो भने एउटामा क्षति पुर्यायो ।
गत वर्ष २ असारमा गएको बाढीपहिरोले ठूलो क्षति गर्यो । हेवा खोलासहित पाँचवटा मोटरेबल पुल बगायो । पाँच जना बेपत्ता भए । फालेलुङ, फिदिममा ठूलो क्षति भएको थियो । सडक भत्किए भने कृषकको ठूलो क्षति भयो ।
यो शृङ्खला यतिमा रोकिँदैन । ४ कात्तिक २०७९ मा भएको बेमौसमी वर्षाले पाँचथरमा ठूलो क्षति गर्यो । मिक्लाजुङ गाउँपालिकालाई तहसनहस गर्यो । जिल्लामा ३० जनाको मृत्यु भयो भने चार जना बेपत्ता भए । मिक्लाजुङमा मात्र १ सय ९७ घरमा पूर्ण क्षति भएको भनेर सरकारले क्षतिपूर्ति दियो । २०७९ मा पनि मेची राजमार्ग तहसनहस बनायो । २०७४ सालमा गएको पहिरोले फालेलुङ गाउँपालिकालाई ठूलो क्षति पुर्याएको थियो ।
‘हरेक वर्ष हामीलाई बाढीपहिरोले ठूलो क्षति पुर्याइरहेको छ । गाउँहरू रुवाउने भएका छन् । सडक, विद्युत्, खानेपानी, कृषि क्षेत्रमा ठूलो क्षति पुग्यो । धेरैलाई विस्थापित गरायो,’ फालेलुङ गाउँपालिकाका अध्यक्ष वीरविक्रम थाम्सुहाङले भने, ‘फालेलुङवासी ठूलो पीडामा छौँ । सडक पुल रहेनन् । सर्वसाधारणका घरमा ठूलो क्षति पुग्यो । हामी त टाढा छौँ, सडक सम्पर्क पनि टुट्यो । हाम्रो पीडा देख्ने कोही भएन, स्थानीय सरकारले एक्लै सामना गर्ने स्थिति छैन ।’
योपल्ट पनि पाँचथरका अनेकन ठाउँमा क्षति पुर्यायो । हेवा खोलाको बेलिब्रिज पनि बगायो । गतवर्ष पुल बगाएर हालेको बेलिब्रिज पनि बगाउँदा पाँचथर र ताप्लेजुङको सडक सम्बन्ध विच्छेद भयो । पाँचथर खण्डमा मेची राजमार्ग तहनहस भएको छ । कति क्षति भयो भन्ने यकिनै हुन सकेको छैन । मेची राजमार्गसहित तमोर कोरिडोर, मध्यपहाडी लोकमार्ग, फिदिम फालोट सडक, फिदिम नविडाँडा सडकलगायतमा क्षति पुगेको छ । पाँचथर बर्सेनि बाढीपहिरोको पीडामा छ ।
यसपल्टको बाढीपहिरोले घर, गोठ, सडक, पुल, खेतीयोग्य जमिन बगाएर लगेको छ । बाढीपहिरोका कारण पाँचथरको सदरमुकाम फिदिमसहित विभिन्न ठाउँमा कन्तबिजोक छ । पाँचथरमा आठ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन् । यसपल्टको बाढीपहिरोले फिदिम नगरपालिका र फालेलुङ गाउँपालिकालाई बढी क्षति पुर्याएको छ । तर फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकामा पनि क्षति भएको छ ।
पछिल्ला हरेक वर्ष पाँचथरमा बाढीपहिरोले निकै सताउँदै आएको छ । बनेका पूर्वाधार र संरचना ध्वस्त बन्दै गएका छन् । योपल्टको सडक, बिजुली, खानेपानी कृषि क्षेत्रमा पुर्याएको क्षतिको विवरण अझै पनि संकलन भइसकेको छैन । पूर्ण विस्थापितको पूर्ण सूची आउनै बाँकी छ ।
‘जताजतै क्षति पुगेको छ । विवरण संकलन हुने काम जारी छ । हाम्रो मुख्य प्राथमिकता मुख्य राजमार्गमा सडक सञ्चालन गर्नु रहेको छ,’ पाँचथरका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइरालाले भने, ‘यो जिल्लामा पछिल्ला हरेक वर्ष बाढीपहिरोले ठूलो क्षति पुर्याउँदै आइरहेको रहेछ ।’
गत असारमा याङवकर गाउँपालिकामा गएको बाढीपहिरोले ठूलो क्षति पुर्यायो । १ सयभन्दा बढी परिवार विस्थापित भए भने पुष्पलाल मध्यपहाडी लोकमार्ग तहसनहस भयो । दुई पुल बगायो भने एउटामा क्षति पुर्यायो ।
गत वर्ष २ असारमा गएको बाढीपहिरोले ठूलो क्षति गर्यो । हेवा खोलासहित पाँचवटा मोटरेबल पुल बगायो । पाँच जना बेपत्ता भए । फालेलुङ, फिदिममा ठूलो क्षति भएको थियो । सडक भत्किए भने कृषकको ठूलो क्षति भयो ।
यो शृङ्खला यतिमा रोकिँदैन । ४ कात्तिक २०७९ मा भएको बेमौसमी वर्षाले पाँचथरमा ठूलो क्षति गर्यो । मिक्लाजुङ गाउँपालिकालाई तहसनहस गर्यो । जिल्लामा ३० जनाको मृत्यु भयो भने चार जना बेपत्ता भए । मिक्लाजुङमा मात्र १ सय ९७ घरमा पूर्ण क्षति भएको भनेर सरकारले क्षतिपूर्ति दियो । २०७९ मा पनि मेची राजमार्ग तहसनहस बनायो । २०७४ सालमा गएको पहिरोले फालेलुङ गाउँपालिकालाई ठूलो क्षति पुर्याएको थियो ।
‘हरेक वर्ष हामीलाई बाढीपहिरोले ठूलो क्षति पुर्याइरहेको छ । गाउँहरू रुवाउने भएका छन् । सडक, विद्युत्, खानेपानी, कृषि क्षेत्रमा ठूलो क्षति पुग्यो । धेरैलाई विस्थापित गरायो,’ फालेलुङ गाउँपालिकाका अध्यक्ष वीरविक्रम थाम्सुहाङले भने, ‘फालेलुङवासी ठूलो पीडामा छौँ । सडक पुल रहेनन् । सर्वसाधारणका घरमा ठूलो क्षति पुग्यो । हामी त टाढा छौँ, सडक सम्पर्क पनि टुट्यो । हाम्रो पीडा देख्ने कोही भएन, स्थानीय सरकारले एक्लै सामना गर्ने स्थिति छैन ।’
योपल्ट पनि पाँचथरका अनेकन ठाउँमा क्षति पुर्यायो । हेवा खोलाको बेलिब्रिज पनि बगायो । गतवर्ष पुल बगाएर हालेको बेलिब्रिज पनि बगाउँदा पाँचथर र ताप्लेजुङको सडक सम्बन्ध विच्छेद भयो । पाँचथर खण्डमा मेची राजमार्ग तहनहस भएको छ । कति क्षति भयो भन्ने यकिनै हुन सकेको छैन । मेची राजमार्गसहित तमोर कोरिडोर, मध्यपहाडी लोकमार्ग, फिदिम फालोट सडक, फिदिम नविडाँडा सडकलगायतमा क्षति पुगेको छ । पाँचथर बर्सेनि बाढीपहिरोको पीडामा छ ।
‘पछिल्ला वर्षमा पाँचथरमा भौतिक संरचनामा ठूलो क्षति पुग्यो । पुनः निर्माणलाई धेरै बजेट र समय लाग्ने देखिन्छ,’ पूर्वाधार कार्यालय पाँचथरका प्रमुख राजनराज रेड्डी भन्छन्, ‘हरेक वर्ष दुर्दशा भयो । यो वर्ष बाढीपहिरोले बिगारेका बाटो सञ्चालनमा ल्याउन समय लाग्ने देखिन्छ ।’
हरेक वर्ष बाढीपहिरोले क्षति पुर्याउँदा पुनः निर्माण चुनौतीपूर्ण बनेको छ । अधिकांश खोलाका मोटरेबल पुल बगाएको छ । सर्वसाधारण नागरिकको सम्पत्तिमा ठूलो क्षति भएको छ । कृषि क्षेत्रमा पुगेको असर यकिन हुन सकेको छैन । ‘गाउँगाउँमा क्षति पुगेको छ । कसलाई भन्ने, कसलाई गुहार्ने ?,’ फालेलुङ–६ का वडा अध्यक्ष अमरवीर राई भन्छन्, ‘यस्तो विपद् त कहिल्यै देखेको थिइनँ ।’
मेची राजमार्गको हेवा खोला पुल, फिदिम फालोटको फेमे खोला पुल बगाउँदा आवतजावतमा ठूलो समस्या भएको छ ।
हरेक वर्ष बाढीपहिरोले प्रभावित पाँचथरमा सरकारले विशेष राहत प्याकेज ल्याउन अत्यावश्यक रहेको स्थानीय तहका जनप्रतिनिधिको भनाइ छ । पुनः निर्माण तथा दीर्घकालीन किसिमका निर्माणका लागि सरकारको ध्यान जानुपर्ने उनीहरूको भनाइ छ ।