पाँचथर । सरकारले शुक्रबार पाँचथरका ३ पालिकाहरुलाई संकटग्रस्त पालिका घोषण गरेको छ । सरकारले गत साताको बाढीपहिरो र डुबानबाट बढी प्रभावित पालिकालाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको हो । राहत तथा पुनर्निर्माणलाई प्राथमिकतासाथ अघि बढाउन पालिकालाई तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । अविरल वर्षापछि असोज ११ र १२ गते आएको बाढी पहिरो प्रभावित पालिकाहरुका जनप्रतिनिधिको दिनचर्या बदलिएको छ । उनीहरू पीडित र प्रभावित नागरिकको उद्धार, व्यवस्थापन र राहतमा बिहानदेखि रातिसम्मै खटिएका छन् ।
पालिकाको नीति निर्माण र बिकासको जिम्मेवारी बोकेर पलिकामा निर्वाचित जनप्रतिनिधिहरू विपद्ले बिथोलेका आफ्ना नागरिकहरुलाई सघाउन बाढी-पहिरो प्रभावित क्षेत्रमा खटिएका छन् ।
फिदिम नगरपालिका
पाँचथरको सदरमुकाम समेत रहेको फिदिम नगरपालिका असोज ११ र १२ गते आएको बाढी पहिरोको कारण सबै भन्दा बढि प्रभावित भएको पालिका हो । सबै भन्दा बढि जनधनको क्षतिभएको पालिका हो । बाढी पहिरोको कारण फिदिम नगरपालिका भित्र मात्र ७ जनाको मृत्यु भएको छ । फिदिम ४ र हिलिहाङ ७ जोड्ने हेवाखोलाको बेलिब्रिज बगाएको छ । फिदिम १ र फिदिम ११ जोड्ने फेमेखोलाको पुल बगाएको छ । मेचीराजमार्ग अन्तर्गत फिदिम २ रमितेमा पहिरोको कारण राजमार्गनै अबरुद्ध छ । अन्य क्षतिबिबरणहरु आउन बाँकीनै छ । यसका बाबजुत पनि फिदिम नगरपालिकाले पहिलो चरणमा यातायात सुचारु गर्न काम गरिरहेको फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले जानकारी दिए ।
मेचीराजमार्ग अन्तर्गत फिदिम २ रमितेमा पहिरोको कारण राजमार्गनै अबरुद्ध भए पछि फिदिम नगरपलिकाले फिदिम वडा नम्बर २ रमितेबाट भण्डारी गोलाइ हुँदै फिदिम सम्मको सडक सञ्चलानको लागी बैकल्पिक सडक खुलाएको जानकारी दिए । त्यस्तै साम्दिन,चोकमागु, नबमिडाँडा हुँदै पात्लेभञ्जाङ सम्मको सडक पनि खुलाइएको जानकारी काफ्ले दिए ।
फिदिम ४ र हिलिहाङ ७ जोड्ने हेवाखोलामा सुरक्षा निकायहरु सँग समन्वय गरि फड्के पुल सञ्चालन गरिएको जानकारी काफ्ले दिए । यता फेमेखोलामा पनि यातायात सञ्चालन गर्न बिभिन्न पहल भइरहेको जानकारी दिए ।राहात तथा उद्धारको कामहरु पनि जारी रहेको बताए । राहातको लागी मृतक ,बेपत्ता,घाइते र बिस्तापीतहरुको अभिलेख तयारी गर्नेकाम भइरहेको काफ्ले दिए ।
आजैबाट फिदिम वडा नम्बर १२ र १३मा राहात बितरण सुरु गरिने काफ्ले दिए । फिदिम बजार क्षेत्र र अन्य वडाहरुमा रहेको खानेपानी समस्याको हल गर्न फिदिम खानेपानी तथा सरसफाइ समिती र अन्य सरोकारवालहरु सँग मिलेर खानेपानी समस्या सहज बनाउने पहल भइरहेको जानकारी दिए ।
फालेलुङ गाउँपालिका
हेवा खोलाको पुल र फेमेखोलाको पुल बगाए पछि फालेलुङ गाउँपालिका सदरमुकाम फिदिम सँगको यातायात सम्पर्क टुटेको छ । यातायात सम्पर्क टुटे सँगै फालेलुङ गाउँपालिकाको जनजीवन प्रभावित बनेको छ । बिभिन्न खोलाको डाइभर्सन र पुल बगाउदा फालेलुङ गाउँपालिकाको आन्तरीक यातायात सम्पर्क टुटेको छ ।
बिभिन्न जलविद्युत आयोजनाहरुका असर गरेको छ । हेवा खोलाको पुल र फेमेखोलाको पुल बगाए पछि फालेलुङ गाउँपालिकामा खाद्यान्न संकट आउन नदिन बिभिन्न प्रयासहरु भइरहेको फालेलुङ गाउँपालिकाका अध्यक्ष विरबिक्रम थाम्सुहाङले जानकारी दिए । पहिरोको कारण अबरुद्ध रहेका सडकहरु सुचारु गर्न सडक मर्मतको कार्य सुरु भएको उनले बताए ।
हेवा फेमेको अबरुद्ध हटाउन लगातार पहलहरु भइहरेको बताए । पहिरोको कारण बिस्तापित रहेका ८० घरका नागरिकहरुलाई बिभिन्न स्थानमा सुरक्षीत राखी खाना र बासको व्यवस्था पालिकाले गरिरहेको उनले जानकारी दिए । राहात तथा उद्धारको कामहरु पनि जारी रहेको बताए । राहातको लागी मृतक ,बेपत्ता,घाइते र बिस्तापीतहरुको अभिलेख तयारी गर्नेकाम भइरहेको थाम्सुहाङले बताए । खानेपानी र बिद्युत सेवा सुचारु गर्न काम भइरहेको बताए । अब राहात बितरण सुरु गरिने उनले जानकारी दिए ।
फाल्गुनन्द गाउँपालिका
फाल्गुनन्द गाउँपालिका सरकारले ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको पालिका हो । अविरल वर्षापछि असोज ११ र १२ गते आएको बाढी पहिरोबाट एक जनाको मृत्यु भएको छ । एक बेपता रहेको फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेले जानकारी दिए । फाल्गुनन्द गाउँपालिकाले मृतक परिबारलाइ पालिकाको तर्फबाट प्रारम्भीक राहात उपल्बध गराइसकेको आङदेम्बेले जानकारी दिए । आङदेम्बेका अनुसार मृतक, बेपत्तार र बिस्तापीतहरुको अभिलेख राख्ने कार्य पालिकाले सुरु गरेको छ । अभिलेख राख्ने कार्य सुरु भए सँगै बिस्तापितहरुको पहिचान हुने र उनिहरुलाइ राहात बितरण सुरु गरिने बताइएको छ ।
पालिकाले उद्धार र राहातको कार्य संगै उत्तरे यासोक सडक, गुम्बाडाँडा, पात्लेभञ्जाङ, कान्छिदोकान सडक मर्मत गरि सुरु गरिसकेको आङदेम्बेले जानकारी दिए । पालिका भित्रका आन्तरिक सडकहरु सुचारु गरिसकेको बताए । राँके रबि सडक खण्डको पहिरो हटाइ पालिकाले यातायता सुचारु गरिसकेको छ ।
फाल्गुनन्द गाउँपालिका नागरिकहरुलाई दशौमा सहज बनाउन फाल्गुनन्द गाउँपालिका लागी परेको फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेले जानकारी दिए ।