पाँचथर । सशस्त्रप्रहरीका डिएसपीलाई दुर्व्यवहार गरेको अभियोगमा फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष प्रकाश गुरुङलाई बिहिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
हिमशिखर गुल्मका गुल्मपती डिएसपी कुमार बराललाई अश्लिल शब्दहरू प्रयोग गरी गाली गलोज तथा दुर्ब्यवहार गरेको अभियोगमा गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख कैशल बुढाथाेकीले जानकारी दिए ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
गुरुङलाइ पक्राउ गरिएकाे बिरोधमा उनका समर्थकहरुले शुक्रबार फिदिममा बिरोध र्याली गरेका छन् । गुरुङलाई निर्सत हिरासत मुक्त गर्नु पर्ने माग सहित उनका समर्थकहरुले शुक्रबार फिदिममा बिरोध र्याली गरेका छन् ।