पाँचथर । पाँचथरको फिदिममा अरिङ्गालको टोकाइबाट एक पुरुषको ज्यान गएको छ। फिदिम -६ मा शिवामा स्थानीय २६ वर्षिय शुभराज तुम्रोकको अरिंगालले टोकेर ज्यान गएको पाँचथर प्रहरीले जनाएको छ ।
बिहिबार दिउँसो घर नजिकै जंगलमा अरिङ्गाल झार्ने क्रममा उनलाई अरिँगालले टोकेको थियो। अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका उनको उपचारको लागी जिल्ला अस्पताल पाँचथर ल्याउने तयारी गर्दै उनको घरमै ज्यान गएको जनाइएको छ । मृतकको शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल पाँचथरको शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।