काठमाडौं । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले गरेका १२ निर्णय आज सार्वजनिक गरिएको छ ।सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनबीच उक्त निर्णय सार्वजनिक गरेका हुन् ।
क्याविनेटको निर्णयहरूमध्ये पाँचथरको फालेलुङ गाउँपालिका-५ मा केही महिनाअघि सकेट बम विस्फोटमा ज्यान गुमाएका दिप्सन साँवा र प्रिन्सा साँवाको परिवारलाई बढीमा ५ लाखका दरले आर्थिक सहायता उपलब्ध गराइने भएको छ ।
भदै १३ गते पाँचथरको फालेलुङ ५मा विस्फोटक पदार्थ पड्किंदा दिलिप साँबाको २ वर्षीय छोरी पिन्शा सावाँ र ११ वर्षीय दिपशन साँवा मृत्यु भएको थियाे । घाइते पवन राई र दिप्सन राईकाे काठमाडौंको बर्न हस्पिटलमा उपचार भइरहेकाे छ ।