पाँचथर । तुम्बेवा गाउँपािलकाले तरुण गोल्डकप जिते पछि उठाइएको प्रश्न हो, के यो पालिका पाँचथर फुटबलको नयाँ शक्ति बन्ला? पाँचथरका परम्परागतरुपमा र कागजीरुपमा बलिया मानिएका फिदिम,मिक्लाजुङ र फाल्गुनन्दलाई हराउदै तुम्बेवा गाउँपालिका अन्तरपालिका स्तरीय तरुण गोल्डकपको उपाधि जित्यो ।
उसो त तुम्बेवा पाँचथरको फुटबलमा बलियो नाम थिएन । नत, यहाँबाट खेल्ने खेडाडीहरु पाँचथरको फुटबलमा नाम चलेका नै थिए । तर फुटबल जित्न नेम र फेम होइन गोल गर्ने हो भन्ने कुरा तुम्बेवाले सम्झाएको छ । तुम्बेवा गाउँपालिकाले उपाधि जितेर पाँचथरको फुटबलमा नयाँ शक्तिका रूपमा उदाएको छ । पाँचथरको पालिकाहरुको भिड्न्तमा च्याम्पियन भएपछि तुम्बेवाले यो उचाइ लिएको हो । यतिखेर पाँचथरका फुटबलप्रेमीहरु बिच यत्रतत्र चर्चा भइरहेको छ । नकआउट फुटबलमा सबै प्रतिस्पर्धा कठिननै हुन्छ । सबैको लक्ष्य जित्नेनै हुन्छ ।
पाँचथरको फुटबलमा तुम्बेवा परम्परागत फुटबल शक्ति भने होइन । तर, यसपालि तुम्बेवाले लिएको उद्देश्य ठूलो थियो । तुम्बेवालले सधैँ उपाधि दाबेदारका रूपमा रहने पाँचथर फुटबलका यी दुई हेभिवेट मिक्लाजुङ र फिदिमलाईनै हरायो । पहिलो फाल्गुनन्द गाउँपालिका सँगको खेलमा अैसत खेल प्रर्दशन गरेको तुम्बेवाले फिदिम र मिक्लाजुङ सँग त शानदार खेल खेल्यो । बहादुरीपुणर् खेल प्रर्दशन गर्यो । अझ फाइनल खेलमा त गोलरक्षकले उत्कृष्ट खेलकौशल देखाए । फिदिमका लगातारका प्रहारहरु निस्तेज पारे ।
स्टार खेलाडीलाई जमघट गरेरमात्र खेल जितिन्छ भन्ने होइन । खेलाडीहरु एकजुट भएर खेल्दा ठुला नाम भएको टोलीलाई समेत जितिन्छ भन्ने कुरा तुम्बेवाले प्रमाणि गर्यो । तुम्बेवाले प्रतियोगिता भर च्याम्पियन टिमकै रूपमा खेल्यो । एक खेललाई छाड्ने हो भने उसले प्रतियोगिता अवधिभर स्थिर प्रदर्शन गर्यो । तुम्बेवाले फाल्गुन्न्द लाई १-० ले मिक्लाजुङलाई टाइबे्रकरमा ४- २ ले हराएको थियो । तुम्बेवाले उपाधि प्राप्त गर्न भने कडा प्रतिस्पर्धा गर्नुपर्यो । फाइनलमा घरेलु मैदाल र दर्शक सहितको फिदिमलाई हरायो ।
पाँचथरको फुटबलमा तुम्बेवा ठूलो नाम थिएन उसलाई कमजोर टिमको रुपमा हेरिन्थो । तुम्बेवालाइ उपाधि जिताउन गोल गरेका राजेश थापाले उपाधि जिते पछि भने, ‘हामीले आफूमाथि भरोसा गर्यौँ, त्यहीभएर आज च्याम्पिन बन्न सक्यौँ। च्याम्पियन्स बनेको तुम्बेवालाई हैसला बढाउन तुम्बेवा गाउँपालिकाका उपाध्यक्ष खड्कसुन्दर सम्हाम्फे मैदानमा हुटिङ लगाउदै खेलाडीहरुलाई पोत्साहन गरिरहेका थिए । उनकै भनाइ अनुसार सुख्खा क्षेत्रको रुपरहेको तुम्बेवाले पछिल्ला दिनहरुमा खेलकुद क्षेत्रमा निकै लगानी गर्दै गरेको बताए । अध्यक्षकप फुटबल प्रतियोगिता लगायतका फुटबल प्रतियोगिताहरु बर्षेनी तुम्बेवाले आयोजना गर्दै गरेको सुनाए । यो उपाधिले तुम्बेवालाइ प्रेरण र हैसला प्राप्त भएको र आगामी दिनमा खेलकुदको क्षेत्रमा अझ कार्ययोजना सहित काम गर्ने तयारी रहेको तुम्बेवा गाउँपालिकामा अध्यक्ष बाबुराम खड्काले केन्जोखबरलाई बताए ।
यसपालि तुम्बेवाले च्याम्पियन बनेर पाँचथरको फुटबलको इतिहासमा आफ्नो नाम सुनौलो अक्षरले लेखाउन सफल भएको छ ।