पाँचथर । फोटोको माध्यमबाट जैबीक बिबिधता पर्यापर्यतनको बारेमा जानकारी दिन फोटो पत्रकार महासंघ पाँचथरको आयोजनामा काेशी प्रदेश स्तरिय २ दिने प्रतियोगितात्मक फोटो प्रदर्शनी सम्पन्न भएको छ । पाँचथर सदरमुकाम फिदिममा सम्पन्न फोटो प्रदर्शनीको फिदिम नगरपालिका मेयर मित्रप्रसाद काफ्ले उद्घाटन गरेका थिए।
फिदिम नगर प्रमुख मित्रप्रसाद काफ्लेले फोटो प्रदर्शनीले फिदिम नगरको पर्यटन विकासलाई टेवा पुगेको र आफ्नो गाउँ ठाउँ चिनाउने अवसर पाएको बताए। प्रतियोगितात्मक फोटो प्रर्दशनी फिदिममा मंगलबार देखी बुधबार सम्म चलेको थियो । प्रदर्शनीमा ४८ वटा फोटोहरू राखिएका थिए। दुई दिनसम्म चलेको प्रदर्शनीमा कोशी प्रदेशका प्रकृतिक सुन्दरता, हिमश्रृखलाको दृश्यावलोकन, ऐतिहासिक मठ मन्दिर, पार्टी पैवा, सभ्यता, संस्कृति धार्मिक क्षेत्र ,मेला जात्रा, ग्रामिण जिवनशैली, स्वच्छ र सफा वातावरण लगायतक विभिन्न विधामा आधारित फोटोहरू राखिएका थिए।
४ बर्षदेखि संकलन गरेर तस्बिरहरू प्रदर्शनीमा राखिएका थिए। प्रदर्शनीमा ६ सय जनाले अवलोकन गरेको फोटो पत्रकार महासंघ पाँचथरका अध्यक्ष भवानी तावाले जानकारी दिए । तावाको अनुसार कोशी निकै सुन्दर र सम्भावित पर्यटकीय स्थल भएकोले प्राकृतिक, धार्मिक जिवनशैली, कला, संस्कृतिक, मुल्य मान्यता लगायतका बिषयहरूलाई प्रचार प्रसार गर्न र जैबिक विबिधता र पर्यापर्यटनको जानकारी दिन प्रदर्शनी गरेको बताए।
कोशी प्रदेशकोे पर्यटन प्रवर्द्धनको लागि आयोजना गरेको फोटो प्रदर्शनीलाई पर्यटन कार्यालय झापाले आर्थिक सहयोग गरेको थियो ।
प्रतियोगितात्का फोटो प्रर्दशनीमा २७० वटा फोटो मध्येबाट छनोटकर्ताहरुको छनोटबाट ४८ वटा फोटोहरु प्रदर्शनी गरिएको थियो । ४८ वटा फोटोहरु मध्ये उत्कृष्ट ३ वटा फोटोहरुलाई पुरस्कृत गरिएको अध्यक्ष तावाले जानकारी दिए ।
प्रतियोगितामा खोटाङका सरोज चाम्लीङले खिचेको फोटो प्रथम हुँदै नगर २० हजार जित्यो । सङखुवासभाका गंगा विष्टको फोटोले द्धितिय स्थान हासिल गर्दै नगर १५ हजार प्राप्त गर्दा काठमाण्डाैमा एपी तोलाङले खिचेको फोटोले तृतिय स्थान हासिल गर्दै १० हजार प्राप्त गरे ।
पाँचथरका सुगम ढुङगाना उद्यमान फोटोग्राफर बन्दै नगद ५ हजार प्राप्त गरे । प्रतियोगिताको समापन सबिधान सभा सदस्य तथा नेपाली काँग्रेशका सहमहामन्त्री भिष्मराज आङदेम्बेले गरेका थिए ।