पाँचथर । केरुङ एण्ड एसोसिएट्सलाई आन्तरिक राजश्व कार्यालय भद्रपुरले सम्मानित गरेको छ । आर्थिक वर्ष २०७९/०८० को आय विवरणअनुसार पाँचथरबाट सबैभन्दा बढी आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्याएको भन्दै केरुङ एण्ड एसोसिएट्सका सञ्चालक नरेन्द्र कुमार केरुङलाई राष्ट्रिय कर दिवस-२०८१ का अवसरमा सम्मानित गरिएको हो ।
कम्पनीलाई प्रदान गरिएको सम्मान पत्रमा भविष्यमा अझ थप योगदानको अपेक्षासहित बधाई ज्ञापन गरिएको छ ।
कर तिर्नु नागरिकको दायित्व हो, दायित्व पुरा गर्ने क्रममा राष्ट्रिय विकासमा योगदान पुराउन पाउदा गौरब महसुस भएको केरुङ एण्ड एसोसिएट्सका सञ्चालक नरेन्द्र कुमार केरुङ बताए ।