कृष्ण दुलाल । ६ वर्ष पछि आयोजना हुन लागेको एघाराैं फाल्गुनन्द गोल्डकपमा सहभागी हुने टिमको टुङगो लागेको छ । टिम टुङगो लागे सँगै आयोजक फिदिम स्पोर्टिङ क्लबले पुरस्कार राशिमा दोब्बर बृद्धि गरेका छन् । बिहिबार सदरमुकाम फिदिममा पत्रकार सम्मेलन मार्फत आयोजकले प्रतियोगिताको जानकारी दिएका हुन् ।
फिदिम स्पोर्टिङ क्लबको आयोजनामा हुने फाल्गुनन्द गोल्डकपको एघाराैं संस्करण आउँदो पुस ६ गतेबाट १५ गते सम्म फिदिम माबिको खेल मैदानमा आयोजना हुने छ । फाल्गुनन्द गोल्डकपको एघाराैं संस्करण पाँचथर जिल्लाकै सबै भन्दा ठुलो प्रतियोगिता बन्ने भएको छ । पाँचथरमा हुने गोल्डकप प्रतियोगिताहरु मध्ये फाल्गुनन्द गोल्डकप पुरस्कार राशिको हिसाबले सबैभन्दा ठुलो प्रतियोगिता बन्ने छ । पाँचथरमा आयोजना भएका बिभिन्न गोल्डकपहरुको पुरस्कार राशि ५ लाख भन्दा केहि धेरै मात्र हुने गरेको छ ।
आयोजकले एघारौं संस्करण लाई भब्य बनाउन यसपटक पुरस्कार राशि दोब्बर बनाएका छन् । दशौं संस्करणको बिजेताले बिजेतालाइ ४ लाख पुरस्कार राशि रहेको थियो । यसपटक विजेताले नगद १० लाख रुपैयाँ पाउनेछ । उपविजेताले पाँच लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ । क्लबका अध्यक्ष दिपेन्द्र थापा मगरले प्रतियोगिताका लागि तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । गोल्डकपको आधारभुत तयारीहरु क्लबले सुरु गरेको थापाले जानकारी दिए । मैदान र आर्थिक सहयोगसहितका काम सुरु भएको उनले जानकारी दिए ।
एघारौं संस्करणको फाल्गुनन्द गोल्डकपमा ए डिभिजनका क्लबहरु सहित दश टिम सहभागि हुनेछन् । प्रतियोगितामा ४ वटा ए डिभिजन क्लब, १ वटा नेपाल सुपर लिग खेल्ने क्लब र आयोजक सहित ४ वटा मोफसलका क्लबहरुले उपाधिका लागी प्रतिस्पर्धा गर्ने छन् । पुरस्कार राशि दोब्बर बृद्धि गरेको आयोजकले ब्यतिगत पुरस्कार तर्फ पनि ब्यापक बृद्धि भएको छ । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले एकथान इभि स्कुटर प्राप्त गर्ने छन् । प्रत्येक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीले नगद १० हजार प्राप्त गर्ने छन् । सर्वाधिक गोलकर्ताले नगद १५ हजार प्राप्त गर्ने छन् । उत्कृष्ट रक्षक, प्रशिक्षक,फरर्वड,मिडफिल्डर, गोलरक्षक र उदयमान खेलाडीले समान १० हजार प्राप्त गर्ने छन् ।
एघारौं संस्करणको फाल्गुनन्द गोल्डकपमा सहभागी हुने टिममा ए डिभिजनका न्युरोड टिम (एनआरटी), मच्छिन्द्र, चर्च व्वाइज, त्रिभुवन आर्मी फुटबल छन् । चितलाङ फुटबल क्लबले पहिलो पटक पाँचथरमा आएर प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल सुपर लीग खेल्ने बिराटनगरको विराटनगर सिटि फुटबल क्लबले पनि एघारौं संस्करणको फाल्गुनन्द गोल्डकपमा सहभागिता जनाउने आयोजकले जानकारी दिए ।
आयोजक फिदिम स्पोर्टिङ क्लब सहित सिराहाको सलहेश फुटबल क्लब, न्युस्टार क्लब सुनसरी र झापा फुटबल क्लबले फाल्गुनन्द गोल्कपमा सहभागिता जनाउनेछन् । प्रतियोगितामा ९० लाख रुपैयाँ खर्च अनुमान गरिएको अध्यक्ष थापाले जानकारी दिए । दशौं संस्करणको फाल्गुनन्द गोल्डकपको उपाधि झापा ११ले जितेको थियो ।
२०६५ सालबाट १६ औं राष्ट्रिय विभुति फाल्गुनन्दको नाममा सूरु भएको प्रतियोगिता २०७५ साल दशौं संस्करण सम्पन्न भएको गोल्डकपले निरन्तरता गुमाएको थियो । कोभिडका कारण निरन्तरता गुमाएको प्रतियोगितालाई आयोजक फिदिम स्र्पोटिङ क्लबले ६ वर्ष पछि ११ औं संस्करण गर्न लागेका हुन् ।