पाँचथर ।हेल्प टुगेदर फाउन्डेशनको आयोजनामा फिदिममा तीन दिने आँखा शिबिर आयोजना हुने भएको छ । फिदिम नगरपालिकाको आर्थिक सहयोगमा शिबिर आयोजना हुन लागेको हो । शिविर मंसिर २८ देखि ३० गते सम्म चल्ने छ ।
शिबिरमा नि:निशुल्क आँखा जाँच, मोतिया बिन्दुको शल्यक्रिया, अन्य सामान्य शल्यक्रिया, ३५ प्रकारका औषधी बितरण, नि:शुल्क चस्मा बितरण सहित परामर्ष सेवा समेत दिइने फिदिममा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिइएको छ ।
शिबिरमा ताप्लेजुङ, तेह्रथुम, पाँचथर जिल्लाका करिब एक हजार दुई सय लाभग्राहिले सेवा लिने अपेक्षा आयोजकले गरेको छ । शिबिरमा प्राबिधिक सहयोग गरेको मेची आँखा अस्पतालका १४ बढी चिकित्सकले सेवा दिने फाउन्डेशनका अध्यक्ष शुसिल श्रेष्ठले जानकारी दिए ।