पाँचथर । पाँचथर गोल्डकपको पाँचौ संस्करण हुने भएको छ । आयोजक पाँचथर क्लबले आइतबार फिदिममा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । प्रतियोगित फिदिम माबिको खेलमैदानमा हुनेछ ।
फाल्गुनमा हुने प्रतियोगिताको मिती भने पछि मात्र टुङगो लाग्ने बताइएको छ । प्रतियोगितामा ८ टिमको सहभागिता हुने प्रतियोगितामा एक अन्तराष्ट्रि टिम पनि समावेश हुने बताइएको छ । प्रतियोगितामा एक टिम आयोजकको हुनेछ । प्रतियोगितामा सहभागी टिमहरुको टुङगो लाग्न केहि समय लाग्ने आयोजक क्लबका अध्यक्ष कमल तुम्रोकले जानकारी दिए । उनका अनुसार मौफसलका झापा, मोरङ सहित ए डिभिजन लिग खेल्ने टिम र एनएसएल खेल्ने टोलीहरुलाई सहभागि गराउने प्रयास भइरहेको जानकारी दिए ।
प्रतियोगिताको पुरस्कार राशि पनि टुङगो लाग्न बाँकी रहेको तुम्रोकल जानकारी दिए । सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र उदीयमान खेलाडीलाई पुरस्कृत गरिने आयोजकले जनाएको छ । गत सालभएको चौथो पाँचथर गोल्डकपको उपाधि त्रिभुवन आर्मी फुटलब क्लबले जितेको थियो ।