पाँचथर । राष्ट्रिय स्वतन्त्र पार्टी पाँचथरको सभापतीमा प्रकाश गुरुङ चयन भएका छन् । सोमबार फिदिममा सम्पन्न रास्वपा पाँचथरको पहिलो जिल्ला सम्मेलनले गुरुङलाई जिल्ला सभापती चयन गरेको हो । गुरुङ फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष समेत हुन् ।
जिल्ला सम्मेलनबाट रास्वपाको उपसभापतीमा सहरसिं तामाङ, सचिवमा धनकुमार धमला , सहसचिवमा यामकुमार शिवाकोटी, कोषाध्यक्षमा सिर्जना रिजाल तथा सदस्यहरुमा मुना लक्सम,महेश्वर तिम्लसिना,चन्द्र प्रसाद आर्चाय,रबिन आङदेम्बे,सुनिल बर्मा र कुलराज तामाङ चयन भएका छन् ।
उक्त सम्मेलन राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य तथा सांसद डा. तोसिमा कार्कि, राष्ट्रिय स्वतन्त्र पार्टीका सह-प्रवक्ता रमेश प्रशाइ लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।