पाँचथर । जिल्ला समन्वय समिति पाँचथरको माताहतमा रहेको ब्याडमिन्टन कर्बडहल पुनःनिर्माण सम्पन्न पछि उद्धघाटन गरिएको छ । सोमबार एक कार्यक्रम आयोजना गरि ब्याडमिन्टनहलको उद्धघाटन गरिएको हो । हलको उद्धघाटन पूर्व मन्त्री तथा पाँचथरका प्रतिनिधि सभाका सदस्य बसन्त कुमार नेम्बाङले गरेका थिए । यो प्रतिनिधि सभाका सदस्य बसन्त कुमार नेम्बाङ उपचार पछि सहभागी भएको पहिलो कार्यक्रम समेत हो ।
सघिय सरकारको १ करोड,१७ लाख,१७ हजार २ सय ३४ रुपाैँया लागत रहेको कर्वडहल निर्माणको सम्झौता २०७६ असारमा भएको थियो । २०७६ असार १ करोड,२८ लाख,९१ हजार ६ सय ५५ रुपाैँयामा सम्झौता भए पनि निर्माण कार्य १ करोड,१७ लाख,१७ हजार २ सय ३४ सकिएको ब्याडमिन्टन संघ पाँचथरका अध्यक्ष तेजबहादुर तुम्बापोले जानकारी दिए । पहिला सिंगल कोट भएको हललाइ २वटा कोट थप गरि पुनःनिर्माण गएिको तुम्बापोले जानकारी दिए । २०७६ असारमा निर्माणको सम्झौता भएकाे हलकाे २०८० बैशाखमा निर्माण कार्य सम्पन्न भएकाे थियाे ।
हल पुनःनिर्माण सम्पन्न जिल्ला समन्वय समितीको थप १४ लाख ७९ हजार रुपौँया लागत लागेको समन्वय प्रमुख रामराज आङदेम्बेले जानकारी दिए । जसबाट पुरानो कोर्ट पार्केटिङ सहित मर्मत सम्भारमा खर्च भएको आङदेम्बेले जानकारी दिए ।
कबर्डहल निर्माण भए पछि ब्याडमन्टिन खेलाडीलाई थप हौसला प्रदान गरेको तुम्बापो बताए।