इलाम । इलाममा गएराती ट्रकमा च्यापिर चालकको मृत्युु भएको छ । जिल्लाको माङसेबुङ गाउँपालिका-३ सल्लेनीमा ट्रक मर्मतको क्रममा च्यापिएर पाँचथरको हिलिहाङ गाउँपालिका ७ भारापाका ३८ वर्षीय कुमार तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठ बोकेको ना ३ ख ६०३७ नम्बरको ट्रक रवि-दमक सडक (फाल्गुनन्द मार्ग) अन्तर्गत सल्लेनीमा बिग्रिएपछि मर्मतका क्रममा च्यापिएर गएराती साढे १२ बजे तामाङको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख (एसपी) प्रभुप्रसाद ढकालले बताए ।
‘चक्काको नटबोल्ट भाँचिएपछि चालक तामाङले जग उठाएर मर्मत गर्दै थिए । त्यही बेला जग भासिएर उनी च्यापिएछ्न्’ एसपी ढकालले भने ।
मृतक तामङको सब पोस्टमार्टमका लागि झापाको दमक पठाईएको ढकालले जानकारी दिए ।