पाँचथर । फिदिममा जारी एघारौं फाल्गुनन्ल गोल्डकप प्रतियोगितको उदघाटन खेलमा २ लाख २४ हजार ६९० बराबरको टिकट बिक्री भएको छ । आयोजक फिदिम स्र्पोटिङले सामाजिक सञ्चाल मार्फत यसको जानकारी दिएको हो ।
आयोजक फिदिम स्पोटिङ क्लब र कर्साङ फुटबल क्लब भारत बिच भएको खेलमा रू १५० का दरले उक्त रकम बराबरको टिकट बिक्री भएको आयोजकले जानकारी दियो ।
आइतबार हुने झापा ११ र मच्छिन्द्र फुटबल क्लब बिचको दोस्रो प्रि-क्वाटर फाइनलमा पनि टिकटक दर १५० रहने फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दिपेन्द्र थापाले जानकारी दिए ।
आइतबार ए डिभिजनको क्लब मच्छिन्द्र फुटबल क्लब र मौफसलको चर्चित क्लब झापा ११ आम्नेसाम्ने हुँदैछन् । खेल दिन २ बजेबाट सुरु हुने छ ।२०७९ सालमा भएको ए डिभिजन लिगमा शिर्ष २ मा रहेको मच्छिन्द्र फुटबल क्लब फिदिम माबिको खेल मैदानमा पहिलो पटक सहभागिता जनाउदै छ । उता झापा ११ फाल्गुनन्द गोल्डकप प्रतियोगिताको साबिक बिजेता टोली समेत हो । २०७५ सालमा भएको दशौं संस्करण बिजेता टोली झापा ११ ले आज ए डिभिजनको क्लब सँग कडा प्रतिस्पर्धा हुने भनुमान गरिएको छ ।
झापा पाँचथरमा सफल क्लब हो । पटक पटक फाल्गुनन्द गोल्डकपको उपाधि बिजेता पनि हो । दशौं संस्करणको बिजेता अर्थात साबिक बिजेता पनि झापा ११ नै हो । यस अघि विर्तामोड युनाइटेड क्लब झापाको नाममा सहभागिता जनाए पनि यस पटक पुरानै क्लब झापा ११ को नाममा झापा पाँचथरमा उत्रदैछ । झापा ११ पाँचथरमा सर्वाधिक सफल क्लब हो । झापाले पाँचथरका दर्जनौ. प्रतियोगिताहरुको उपाधि जितेको छ । झापा पाँचथरको मैदानमा परिचित फुटबल क्लब हो । पाँचथरका फाल्गुनन्द गोल्डकप, पाँचथर गोल्डकप जस्ता प्रतियोगिताको उपाधि जितिसकेको झापा फिदिममा हुने प्रतियोगिताको सदबहार उपाधिदाबेदार टिम हो । पाँचथरमा चर्चित झापा ११ लाई समर्थकको समेत साथ हुने अनुमान गरिएको छ ।
झापा ११ का टिम ब्यवस्थापक गाृपाल राइका अनुसार झापा ११ मा बि डिभिजनको लिग खेलीसकेका खेलाडीहरुको साथ हुने बताएका छन् । झापामा प्रशान्त लक्सम, निरोज कार्कि र बिदेशी खेलाडी फोफडे फोडा लगायता खेलाडीहरु रहने बताइएको छ ।
अर्को तर्फ ए डिभिजन क्लब मछिन्द्र क्लब,काठमाण्डौ कागजमा बलियो टोली हो । मछिन्द्र क्लब,काठमाण्डौ २०७९ सालमा भएको ए डिभिजन लिगमा शिर्ष दुईमा रहेको टोली हो । नेपाली फुटबलमा बलियो टिम मानिने मछिन्द्र क्लब,काठमाण्डौं फाल्गुनन्द गोल्डकपको उपाधि दाबेदार टोलीको रुपमा हेरीएको छ । राष्ट्रिय टोलीबाट समेत खेलि सकेका देबेन्द्र तामाङ लगायता चर्चित खेलाडीहरु सहित मैदानमा उत्रने मछिन्द्र क्लबले जनाएको छ ।
पुस १५ गते हुने फाइनल खेलको विजेताले नगद १० लाख ५ सय ५५ रुपैयाँ पाउने छ । उपबिजेताले ५ लाख पाँच सय ५५ रुपैँया पाँउनेछ । २०६५ सालमा सञ्चालन भएको १० औँ संस्करणको गोल्डकपको भन्दा यसपटक पुरस्कार राशि दोब्बर बनाइएको हो । आयोजकका अनुसार प्रतियोगितामा ९० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले एक थान इभी स्कुटर प्राप्त गर्नेछन् । प्रत्येक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीले नगद १० हजार पाउँदा सर्वाधिक गोलकर्ताले नगद १५ हजार पाउनेछ । यसैगरी, उत्कृष्ट रक्षक, प्रशिक्षक, फरवार्ड, मिडफिल्डर, गोलरक्षक र उदयमान खेलाडीले समान १० हजार प्राप्त गर्नेछन् ।