पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा जारी एघारौं फाल्गुनन्द गोल्ड कपमा ए डिभिजनको क्लब मच्छिन्द्र क्लब झापा ११ लाइ ५-० को फराकिलो अन्तरले हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो। साबिक बिजेता समेत रहेको झापा ११ एघारौं फाल्गुनन्द गोल्डकपको पहिलो खेलबाट घर फर्किएको छ ।
फिदिम माबिको खेलमैदानमा भएको खेलमा ए डिभिजनको क्लब मच्छिन्द्र एकपक्षीय रुपमा हावी बनेको थियो । मच्छिन्द्रका देबेन्द्र तामाङ, उत्सव राइ र सैरभ लिम्बुले समान १ गोल गरेका थिए । मच्छिन्द्रको लागी बिजु खवासले २ गोल गरेका थिए । खेलभर मौफसलको चर्चित झापा ११ ले लयमा भेट्टाउन सकेन । विपक्षी पोष्टमा खासै आक्रमण बुन्न नसकेको झापा ११ अन्ततः फराकिलो हारसँग घर फर्किएको छ ।
देबेन्द्र तामाङको गोलमा मच्छिन्द्रले दशौं मिनेटमै अग्रता लिएको थियो । नेपाली राष्ट्रिय टोलीका पुर्व सदस्यसमेत रहेका तामाङ कर्नरबाट आएको प्रहारलाई सुन्दर गोल गर्दै टोलीलाई अग्रता दिएका थिए । गोल खाएपछि झापाको लय झनै बिग्रियो । विपक्षी टोलीले सन्तुलन गुमाउँदा मच्छिन्द्र थप गोल गर्ने अवसर पायो ।
मच्छिन्द्रका उत्सव राईले ३० औं मिनेटमा अग्रता दोब्बर पारे । उत्सवले झापाको गोल रक्षक सन्दिप लिम्बुले बल नियन्त्रण लिन नसकेको बललाई गोल गरेका थिए । पहिलो हाफको अतिरिक्त समय लगत्तै मच्छिन्द्रले कर्नर पाएको थियो । ाष्ट्रिय टोलीका सदस्यसमेत रहेका सनिस श्रेष्ठको कर्नर प्रहारलाई कसैको निगरानीमा नरहेका बिजु भुजेलले पोष्टको दिशा दिए । पहिलो हाफमै तीन शुन्यको अग्रता लिएको मच्छिन्द्रले दोस्रो हाफमा थप दुई गोल थप्यो ।
मध्यान्तरपछि झापा लयमा फर्किन प्रयास गरेको थियो । धेरै समय बल नियन्त्रणमा राखे पनि झापाले पोष्टमा आक्रमण भने गर्न सकेन । खेलको ७९ औं मिनेटमा भरपर्दा स्ट्राइकर सौरभ लिम्बुले वान भर्सेन वानको स्थितीमा गोल गर्दै मच्छिन्द्रको अग्रता फराकिलो बनाए ।
९० मिनेटमा झापाका गोल रक्षक र डिफेन्डरहरुको तालमेल नमिले अवस्थाको फाइदा उठाउदै बिजु भुजेले बल अघि बढाएर पाँचौ गोल थपे । उनले झापाका तीन जना रक्षकलाई छलाउदै सुन्दर गोल गरेका थिए ।
खेल अवधि मच्छिन्द्रको आधा दर्जनभन्दा बढी प्रहार बाहिरिएको थियो । झापाका केहि राम्रा प्रहारहरु आकाशिएका थिए । पहिलो हाफको १५ औं मिनेटमा झापाका प्रदिप बुढाथोकीको शक्तिशाली प्रहार मच्छिन्द्रका गोल रक्षकले मुस्किले बचाएका थिए । पहिलो हाफको इन्जुरी समयमा झापाका हरी मगरले गोलको अबसर गुमाएका थिए ।
दुई गोल गरेका मच्छिन्द्रका बिजु भुजेल म्यान अफ दी म्याच घोषित भए । उनले १० हजार रुपैयाँ नगद प्राप्त गरे । सोमबार आयोजक फिदिम स्र्पोटिङ क्लब र त्रिभुवन आर्मि फुटबल क्लब बीच खेल हुनेछ ।
प्रतियोगितामा एक विदेशीसहित १० टिमले प्रतिस्पर्धा गर्नेछन् । विजेताले १० लाख ५ हजार ५ सय ५५ र उपविजेताले ५ लाख ५ हजार ५ सय ५५ रुपौया नगद पुरस्कार पाउनेछन् ।