पाँचथर । फिदिममा जारी एघारौं फाल्गुनन्ल गोल्डकप प्रतियोगितको दोश्रो दिनको खेलमा १ लाख २७ हजार ८ सय बराबरको टिकट बिक्री भएको छ । आयोजक फिदिम स्र्पोटिङले सामाजिक सञ्चाल मार्फत यसको जानकारी दिएको हो ।
झापा ११ फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लब बिच भएको खेलमा रू १५० का दरले उक्त रकम बराबरको टिकट बिक्री भएको आयोजकले जानकारी दियो ।
सोमबार हुने फिदिम स्र्पोटिङ क्लब र त्रिभुवन आर्मी फुटबल क्लब बिचको पहिलो क्वाटर फाइनलमा टिकटक दर २०० रहने फिदिम स्पोर्टिङ क्लबका अध्यक्ष दिपेन्द्र थापाले जानकारी दिए ।
पुस १५ गते हुने फाइनल खेलको विजेताले नगद १० लाख ५ सय ५५ रुपैयाँ पाउने छ । उपबिजेताले ५ लाख पाँच सय ५५ रुपैँया पाँउनेछ । २०६५ सालमा सञ्चालन भएको १० औँ संस्करणको गोल्डकपको भन्दा यसपटक पुरस्कार राशि दोब्बर बनाइएको हो । आयोजकका अनुसार प्रतियोगितामा ९० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले एक थान इभी स्कुटर प्राप्त गर्नेछन् । प्रत्येक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीले नगद १० हजार पाउँदा सर्वाधिक गोलकर्ताले नगद १५ हजार पाउनेछ । यसैगरी, उत्कृष्ट रक्षक, प्रशिक्षक, फरवार्ड, मिडफिल्डर, गोलरक्षक र उदयमान खेलाडीले समान १० हजार प्राप्त गर्नेछन् ।