पाँचथर । फिदिममा जारी एघारौै फाल्गुनन्द गोल्डकप प्रतियोगिता अन्तर्गत आज पहिलो क्वाटर फाइनल खेल हुँदै छ । फिदिम माबिको खेलमैदानमा बलियो मानिने त्रिभुवन आर्मी फुटबल क्लब सँग आयोजक फिदिम स्र्पोटिङ क्लबले प्रस्पिर्धा गर्नेछ । खेल दिनको २ बजे सुरु हुनेछ ।
आयोजक फिदिम स्र्पोटिङ क्लबले प्रि-क्वाटरको खेलमा कर्साङ फुटबल क्लब भारतलाई हराएको थियो । यता आर्मी सिधै क्वाटर फाइनल खेल्न लागेको हो । आयोजक फिदिमलाई घरेलु मैदान र घरेलु समर्थकको साथ रहनेछ । नेपाली फुटबलमा बलीयो टोलीको रुपमा चिनिने आर्मीलाई हराउन घरेलु टोलीको लागी सहज भने हुने छैन् । मौफसलका प्रतियोगिताहरुमा खासै राम्रो प्रर्दशन गर्न नसकिरहेको आर्मीलाई आजको खेल पछिल्ला नतिजा सुधार गर्ने अबसर पनि छ ।
दोश्रो रोजाईको टिम लिएर पाँचथर आएको आर्मीमा नाम चलेका खेलाडीहरु भने हुने छैन्न । राष्ट्रिय टोलीका सदस्य बिमल पाण्डे र राष्ट्रिय यु २० खेलेका सृजन धामी मात्र आर्मीका लागी अनुभवी खेलाडीहरु हुन् । यता फिदिममा राष्ट्रिय टोलीमा समेत बोलाइ सकेका आशिष चापागाइ, रोशन आङदेम्बे, प्रकाश धमला,मौषम लिम्बु र झापालि खेलाडी बिशाल दर्जी लगायतको साथ रहनेछ ।
त्रिभुवन आमीको दोश्रो रोजाइको टिम भए पनि फिदिम माबिको खेल मैदानमा यस अघि उपाधि जितेको अनुभव छ । गत फागुनमा भएको चौथो पाँचथर गोल्डकपको उपाधि त्रिभुवन आर्मीले जितेको थिायो । गत फाल्गुनमा पाँचथरको टोलीलाई आर्मीले हराउदै उपाधि जितेको थियो ।