पाँचथर । सदरमुकाम फिदिममा ९ किमि लामो सुम्हालुङ मिनि म्याराथुन हुने भएको छ । किराँत लिम्बू जातिको मौलिक पर्व चासोक तङनामको अवसर पारेर म्याराथन आयोजना गर्न लागिएको आयोजक संस्था सुम्जिरी सुम्हालुङ आम्बेपज संरक्षण एवम् विकास प्रतिष्ठानले बताएको छ । सुम्हालुङ मिनि म्याराथनको सातौ संस्करण पुस १३ गते हुने आयोजकले पत्रकार सम्मेलन मार्फत जनकारी दिएका छन् ।
सुम्हालुङ मन्दिरबाट सुरु हुने म्यारथन पाँचथर क्याम्पस हुँदै, जोरसाल, पल्लोटार, वेयफेयर हुँदै पुन : सुम्हालुङ मन्दिर सम्म म्याराथनको रुट रहेको आयोजक संस्थाका सचिव कमल लावतीले जानकारी दिए । प्रतियोगीतामा प्रथम हुनेलाई रू. ३० हजार नगद सहित ट्रफि मेडल र प्रमाण पत्र, द्वितीयले रू. २० हजार नगद ट्रफि मेडल र प्रमाण पत्र, तृतीयले रू. १० हजार नगद ट्रफि मेडल र प्रमाण पत्र र सान्तवनाले रू. १ हजार ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक संस्थाले बताएको छ ।
महिला तर्फ प्रथम १५ हजार, द्वितीयले रू. १० हजार नगद ट्रफि मेडल र प्रमाण पत्र, तृतीयले रू. ५ हजार नगद ट्रफि मेडल र प्रमाण पत्र र सान्तवनाले रू. १ हजार ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक संस्थाले बताएको छ ।
चासोक मेलाको अबशर पारेर आयोजक संस्थाले बिभिन्न कार्यक्रम हरु आयोजना गर्न लागेको हो । चासोक मेलाको उद्घाटन पुस १० गते हुने आयोजकले बताए । चासोक मेलामा बिभिन्न मनोरञ्जनात्म कार्यक्रमहरु हुने बताइएको छ । सुम्हालुङ मन्दिरको प्रचार प्रसार गर्न, स्थानिय लोक संस्कृतिको संरक्षण गर्न,खेल पर्यटनको बिकास गर्न मेलाको आयोजना गरिएको बताइएको छ ।
साथै किराँतीहरुको पर्व चासोक तङनामको अवसरमा केलाङ, धाननाँच, बालन लगायतका बिभिन्न मैलीक लोक संस्कृतिहरु देखाइने समेत आयोजकले जनाएका छन् । चासोक मेला पुस १० गतेबाट पुस २० गते सम्म फिदिम ४ गढिमा हुने छ ।