पाँचथर । फिदिम जारी एघारौं फाल्गुनन्द गोल्डकप प्रतियोगिताको पाँचौ दिनको खेल चर्च व्वाइज युनाइटेड फुटबल क्लब र बिराटनगर सिटि फुटबल क्लब बिच भएको खेलमा २ लाख ८ हजार ५ सय बराबरको टिकट बिक्रि भएको छ । आयोजक फिदिम स्र्पोटिङ सामाजिक सञ्जाल मार्फत यसको जानकारी दएिको हो ।
रू २०० का दरले उक्त रकम बराबरको टिकट बिक्रि भएको आयोजकले जानकारी दयिो ।
पुस १५ गते हुने फाइनल खेलको विजेताले नगद १० लाख ५ सय ५५ रुपैयाँ पाउने छ । उपविजेताले ५ लाख पाँच सय ५५ रुपैँया पाँउनेछ । २०६५ सालमा सञ्चालन भएको १० औँ संस्करणको गोल्डकपको भन्दा यसपटक पुरस्कार राशि दोब्बर बनाइएको हो । आयोजकका अनुसार प्रतियोगिताका ९० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले एक थान इभी स्कुटर प्राप्त गर्नेछन् । प्रत्येक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीले नगद १० हजार पाउँदा सर्वाधकि गोलकर्ताले नगद १५ हजार पाउनेछ । यसैगरी, उत्कृष्ट रक्षक, प्रशक्षिक, फरवार्ड, मिडफिल्डर, गोलरक्षक र उदयमान खेलाडीले समान १० हजार प्राप्त गर्नेछन् ।