पाँचथर । फिदिममा जारी एघारौं फाल्गुनन्द गोल्डकप प्रतियोगितामा न्यू रोड टिम (एनआरटी)लाई पराजित गर्दै मच्छिन्द्र फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।
एनआरटीलाई १–० गोलले हराएर मच्छिन्द्र फाइनलमा पुगेको हो । फिदिम माविको मैदानमा आज भएको अन्तिम सेमिफाइनल खेलमा एनआरटीविरुद्ध साँघुरो जित निकाल्दै मच्छिन्द्रल उपाधि नजिक पुगेको हो । एनआरटी पराजित भए सँगै पुर्वमा एनआरटी र चर्च ब्वाइज युनाइटे बिच तेस्राे फाइन प्रतिस्पर्धा टरेकाे छ ।
यो सँगै फाल्गुनन्द गोल्डकपको फाइनल खेल्ने टोलीको टुङगो लागेको छ । सोमबार हुने फाइनल खेलमा मच्छिन्द्रले लिग लिडर चर्च ब्वाइज युनाइटेडसँग भेट पक्का गरेको छ । मच्छिन्द्रका लागि खेलको १०औँ मिनेटमा दयानन्दले गरेको गोल नै निर्णायक बनेको थियो ।
विजु भुजेलको हेड फ्लिकमा उनले गोल गरेका हुन् । एनआरटीका गोलरक्षक प्रमिजय गच्छदारले बचाउ गर्ने मौका नै पाएनन् ।
केही अवसर सिर्जना गरे पनि एनआरटी स्कोर गर्न चुकेको थियो । एनआरटीका कप्तान अन्जन विष्टको केही राम्रा प्रहार मच्छिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले रोकेका थिए । खेलको प्लेयर अफ दी म्याच नेपाली टोलीका पूर्व रक्षक देवेन्द्र तामाङ भए । उनले नगद १० हजार पाए । यस गोल्डकपको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख पाउने आयोजकले जनाएको छ ।