पाँचथर । फिदिम जारी एघारौं फाल्गुनन्द गोल्डकप प्रतियोगिताको दोश्रो सेमिफाइन खेल न्युरोड टिम र मच्छिन्द्र क्लब बिच भएको खेलमा ३ लाख ३ हजार २ सय बराबरको टिकट बिक्रि भएको छ । आयोजक फिदिम स्र्पोटिङ सामाजिक सञ्जाल मार्फत यसको जानकारी दिएको हो ।
रू २५० का दरले उक्त रकम बराबरको टिकट बिक्रि भएको आयोजकले जानकारी दियो । सोमबार मच्छिन्द्र फुटबल क्लब र चर्च व्वाइज युनाइटेड बिच उपाधिका लागी प्रतिस्पर्धा हुनेछ ।
पुस १५ गते हुने फाइनल खेलको विजेताले नगद १० लाख रुपैयाँ पाउने छ । उपविजेताले ५ लाख रुपैँया पाँउनेछ । २०६५ सालमा सञ्चालन भएको १० औँ संस्करणको गोल्डकपको भन्दा यसपटक पुरस्कार राशि दोब्बर बनाइएको हो ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले एक थान इभी स्कुटर प्राप्त गर्नेछन् । प्रत्येक खेलमा म्यान अफ दि म्याच हुने खेलाडीले नगद १० हजार पाउँदा सर्वाधकि गोलकर्ताले नगद १५ हजार पाउनेछ । यसैगरी, उत्कृष्ट रक्षक, प्रशक्षिक, फरवार्ड, मिडफिल्डर, गोलरक्षक र उदयमान खेलाडीले समान १० हजार प्राप्त गर्नेछन् ।