दिपक बोहोरा । फिदिममा जारी एघारौं फाल्गुनन्द गोल्डकपको उपाधिको लागी दुई ए डिभिजनका चर्च व्वाइज युनाइटेड क्लब र मच्छिन्द्र फुटबल क्लब तयार रहेको दुवै टिमका प्रशिक्षकहरुले जानकारी दिएका छन् । आइतबार फाइनलको अघिल्लो दिन भएको प्रि म्याच कन्फरेसनमा बोल्दै दुवै टिमका प्रशिक्षकले उपाधिको लागी तयार भएको बताएका हुन् । २०७९ सालमा भएको ए डिभिजन लिग बिजेता चर्च व्वाइज युनाइटेड र उपबिजेता मच्छिन्द्र फुटबल क्लब यो सिजन मौफसलमा भएका प्रतियोगितामा पहिलो पटक उपाधिको लागी प्रतिस्पर्धा गर्न लागेका हुन् ।
सोमबार फिदिम माविको खेल मैदानमा उपाधिको लागी चर्च व्वाइज युनाइटेड क्लब मच्छिन्द्र फुटबल प्रतिस्पर्धा गर्दैछन् । चर्च व्वाइज युनाइटेडले सेमिफाइनलमा आयोजक फिदिम र्स्पोटिङ क्लब हराउँदै फाइनल प्रवेश गरेको हो । मच्छिन्द्रले अर्को उपाधि दाबेर न्युरोड टिमलाई सेमिफाइनलमा हराउदै चर्च व्वाइज युनाइटेडसँगको उपाधि भिडन्त पक्का गरेको थियो । गत सातामात्र झपा कपको उपाधि जितेको चर्च व्वाइज पाँचथरमा पनि उपाधि नजिक पुगेको हो । चर्च व्वाइज पाँचथ,इलामा र झापामा फाइनल खेल्ने टोली बनेको छ ।
फाइनलको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा चर्च व्वाइज युनाइटेड प्रशिक्षक सुमन श्रेष्ठले उपाधिको लागी पाँचथर आएको बताए । मच्छिन्द्र राम्रो टिम भएपनि गत साता झापा कपको उपाधी जितेको , इलाममा उपबिजेता भएको हुँदा उपाधि जित्ने बताए । ‘पाँचथरको दर्शक र मैदानको साथ चर्च व्वाइज रहने हुदाँ हामीलाइ उपाधिको लागि सहज हुनेछ, ’ श्रेष्ठ भने ।
यता मच्छिन्द्र प्रशिक्षक सन्तोष न्यौपानेले मच्छिन्द्रको तयारी राम्रो भएको र पाँचथको मैदानमा आफ्ना खेलाडीहरुको अनुभब राम्रो भएकाले आफ्नो टिमको टिमस्पिड राम्रो भएकोले उपाधि जित्ने दावी गरे । ‘हाम्रो तयारी , टिमवर्क , टिमस्पिड राम्रो भएकाले उपाधि हामी जत्नेछौं’ न्यौपाने भने ।
मच्छिन्द्रका क्याप्टेन बिशाल श्रेष्ठले मच्छिन्द्र २ खेलमा राम्रो प्रर्दशन गरेकाले दर्शको सर्म्थन मच्छिन्द्रलाई हुने र समर्थकको साथले मच्छिन्द्रले उपाधि जित्ने दाबि गरे । चर्च व्वाइज युनाइटेडका क्याप्टेन एकराज बुढाथोकीले टिम लयमा रहेको र पछिल्ला प्रर्दशनहरु पनि राम्रो रहेकाले सोही अनुसारको प्रर्दशनलाई कायम राख्दै उपाधि जित्ने दाबी गरे ।
गोल्डकपको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख पाउने आयोजकले जनाएको छ ।
सोमबार हुने फाइनल खेल :
चर्च व्वाइज युनाइटेड र मच्छिन्द्र फुटबल क्लब