दिपक बोहोरा । फिदिममा जारी एघारौं फाल्गुनन्द गोल्डकपको उपाधिको लागी दुई ए डिभिजनका चर्च व्वाइज युनाइटेड क्लब र मच्छिन्द्र फुटबल क्लब आज फिदिम माबिको खेल मैदानमा प्रतिस्पर्धा गर्दै छन् । यि दुई टोलीको सिजनको पहिलो भिड्न्त समेत हो । ०७९ सालमा भएको ए डिभिजन लिग बिजेता चर्च व्वाइज युनाइटेड र उपबिजेता मच्छिन्द्र फुटबल क्लब यो सिजन मौफसलमा भएका प्रतियोगितामा पहिलो पटक उपाधिको लागी प्रतिस्पर्धा गर्न लागेका हुन् ।
र्
व्वाइज युनाइटेडले सेमिफाइनलमा आयोजक फिदिम स्र्पोटिङ क्लब हराउँदै फाइनल प्रवेश गरेको हो । मच्छिन्द्रले अर्को उपाधि दाबेर न्युरोड टिमलाई सेमिफाइनलमा हराउदै चर्च व्वाइज युनाइटेडसँगको उपाधि भिडन्त पक्का गरेको थियो । गत सातामात्र झपा कपको उपाधि जितेको चर्च व्वाइज पाँचथरमा पनि उपाधि नजिक पुगेको हो । चर्च व्वाइज पाँचथ,इलामा र झापामा फाइनल खेल्ने टोली बनेको छ ।
चर्च व्वाइज युनाइटेड प्रशिक्षक सुमन श्रेष्ठले उपाधिको लागी पाँचथर आएको बताए । मच्छिन्द्र राम्रो टिम भएपनि गत साता झापा कपको उपाधी जितेको , इलाममा उपबिजेता भएको हुँदा उपाधि जित्ने बताए । ‘पाँचथरको दर्शक र मैदानको साथ चर्च व्वाइज रहने हुदाँ हामीलाइ उपाधिको लागि सहज हुनेछ, ’ श्रेष्ठ भने ।
यता मच्छिन्द्र प्रशिक्षक सन्तोष न्यौपानेले मच्छिन्द्रको तयारी राम्रो भएको र पाँचथको मैदानमा आफ्ना खेलाडीहरुको अनुभब राम्रो भएकाले आफ्नो टिमको टिमस्पिड राम्रो भएकोले उपाधि जित्ने दावी गरे । ‘हाम्रो तयारी , टिमवर्क , टिमस्पिड राम्रो भएकाले उपाधि हामी जत्नेछौं’ न्यौपाने भने ।
मच्छिन्द्रका क्याप्टेन बिशाल श्रेष्ठले मच्छिन्द्र २ खेलमा राम्रो प्रर्दशन गरेकाले दर्शको सम्र्थन मच्छिन्द्रलाई हुने र समर्थकको साथले मच्छिन्द्रले उपाधि जित्ने दाबि गरे । चर्च व्वाइज युनाइटेडका क्याप्टेन एकराज बुढाथोकीले टिम लयमा रहेको र पछिल्ला प्रर्दशनहरु पनि राम्रो रहेकाले सोही अनुसारको प्रर्दशनलाई कायम राख्दै उपाधि जित्ने दाबी गरे ।
टिम चर्च ब्वाइज सँग ३ बिदेशी खेलाडी सहित एकराज बुढाथोकी, समिम तामाङ र बेन्चबाट राष्ट्रिय खेलाडी अन्नत तामाङ तामाङको साथ रहनेछ । ४ गोल गरेका समित तामाङ चर्च ब्वाइजका मुख्य हतियार हुन् । ४ गोल नै गरेका बिदेशी खेलाडी आर्मान्ड चर्च ब्वाइजका मुख्य खेलाडी हुन् । २ गोल र १ प्लेयर अफ म्याच जितेका बिदेशी खेलाडी अमियामिले चर्च ब्वाइजलाइ थप शशक्त बनाएको छ ।
यता, मच्छिन्द्रको लागी राष्ट्रिय टोलीका पुर्व गोल रक्षक बिशाल श्रेष्ठ, राष्ट्रिय टोलीका पुर्व रक्षक देबेन्द्र तामाङ, राष्ट्रिय टोलीका सदस्य मनिश डागीको साथ रहनेछ । ३ गोल र एक प्लेयर अफ म्याच जितेका बिजु भुजेल चर्च ब्वाइजको लागी टाउको दुखाइ बन्न सकछन् । उनको थ्रो प्रहारनै खतरनाक बन्न सक्छ । थ्रो प्रहारबाट मात्र उनले २ गोल गरेका छन् । आदित्य शाक्य र बिशल घलानले मच्छिन्द्रलाइ थप बलियो बनाएको छ ।
गोल्डकपको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख पाउने आयोजकले जनाएको छ ।