पाँचथर । फुटबल नेपालमा लोकप्रिय खेल मध्ये पर्दछ। देशको जुनै ठाउँमा फुटबल होस् दर्शकमा बेग्लै उत्साह हुन्छ। देशमा हुने साना ठूला प्रतियोगितामा शुल्क नै तिर्नुपर्ने खेल नेपालमा सम्भावत फुटबल मात्रै होला। त्यसअर्थ दर्शकहरु पैसा तिरेर फुटबल हेर्न तयार छन् । चाँहे त्यो संघिय राजधानी काठमाडौंमा होस् वा जिल्ला।
यसैबीच पाहडी जिल्ला पाँचथरमा सोमबार एघारौं फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न भएको छ । ए डिभिजन का ४ क्लबसहित १० वटा टोलीकि सहभागिता रहेको प्रतियोगिताको उपाधि ए डिभिजन चर्च ब्वाइजले अर्को ए डिभिजनको क्लब मच्छिन्द्रलाई जितेको थियो।
फिदिम र्स्पोटिङ क्लबको आयोजनामा पुस ६ देखि सुरु भएको प्रतियोगिताको फाइनल पुस १५ गते भएको थियो । २०७५ सालमा दशौैं संस्करण भए यता बिभिन्न कारण ले गोल्डकप हुन सकेको थिएन । गोल्डकपको ६ वर्ष पछि उत्कृष्ट पुनारागमन भएको छ । पहाडी जिल्लामा फुटबलको क्रेज लोभ लाग्दो देखिएको फुटबलकर्मी दिलिप राईले बताए ।
साघुरो मैदानमा बस्ने ठाउँको पर्वाह नगरी दर्शकले फुटबल फाइनलको मजा लिएका थिए । पुस १५ गते भएको फाइलमा टिकट विक्रीबाट मात्र २६ लाख ६८ हजार ५० रुपैयाँ संकलन भएको आयोजक संस्थाले जनाएको छ ।
चर्च ब्वाइज र मच्छिन्द्र फुटबल क्लबबीच फाइनल भएको थियो । फिदिम स्पोर्टिङ क्लब र भारतको कर्साङ फुटबल क्लब बीचको उद्घाटन खेलमा टिकटबाट दघाटन खेलमा २ लाख २४ हजार ६९० बराबरको टिकट बिक्री भएको छ ।
आयोजक फिदिम स्पोटिङ क्लब र कर्साङ फुटबल क्लब भारत बिच भएको खेलमा रू १५० का दरले उक्त रकम बराबरको टिकट बिक्री भएको थियो ।
प्रतियोगितको प्रि–क्वाटरमा ३ लाख ५२ हजार ५ सय, क्वाटर फाईनलमा ६ लाख ६ हजार ३ सय संकलन भएको थियो । यसै गरी, सेमिफाईनलमा ६ लाख १९ हजार ४ सय र फाईनलमा १० लाख ८९ हजार ८ सय ५० जम्मा भएको आयोजक फिदिम स्पोर्टिङ क्लबले जनाएको छ ।
एघारौं फाल्गुनन्द गोल्डकप प्रतियोगिताको फाइनलखेल मच्छिन्द्र क्लब र चर्च ब्वाइज युनाइटेड बिच भएको खेलमा १० लाख ८९ हजार ८ सय ५० बराबरको टिकट बिक्रि भएको छ ।रू ३०० का दरले उक्त रकम बराबरको टिकट बिक्रि भएको आयोजकले जानकारी दिएका छन् ।
गत सोमबार भएको फाइनल खेलमा क्षमता भन्दा धेरै दर्शक उपस्थित भए पछि टिकट बिक्रि रोक गरिएको थियो । धेरै दर्शकहरु मैदान प्रबेश गर्न नपाइ घर फर्केका थिए ।
पुस १५ भएको फाइनल खेलको विजेताले चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ पाएको छ । उपविजेताले मच्छिन्द्रले ५ लाख रुपैँया पाँएको छ । २०६५ सालमा सञ्चालन भएको १० औँ संस्करणको गोल्डकपको भन्दा यसपटक पुरस्कार राशि दोब्बर बनाइएको हो ।