पाँचथर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कोशी प्रदेश समितिको अध्यक्षमा बिजयबोध लावती सर्वसम्मत रुपमा चयन भएका छन् । सोमबार फिदिममा सम्पन्न भएको तेस्रो अधिवेशनले लावतीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।
फोनिज कोशी प्रदेशको उपाध्यक्षमा खगेन्द्रकुमार राई, उपाध्यक्ष (महिला)मा सुप्रीया राई, महासचिवमा लिला बाहादुर सुनुवार, सचिव (सस्थागत)मा दिलबहादुर राइ, सचिव (संगठन)मा रामचन्द्र तामाङ र कोषाध्यक्षमा सन्दिप याम्फु चयन भएका छन् ।
सदस्यहरु अरुण राई, अजय सन्तोषी राई, पासाङ शेर्पा, कृष्ण फुरुम्बु लिम्बु, मौषम सम्बहाम्फे, रमिला दनुवार, मेनुका बम्जन, निशा राई,अमित तामाङ,जयराम पुर्वछाने, श्रवण चौधरी,निश्चल राजभण्डारी र नेत्रकुमार सुनुवार चयन भएका छन् ।