पाँचथर । बुधबारबाट फिदिममा सुरु भएको फिदिम भेट्रन्स कप फुटबल प्रतियोगितामा खेल जित्दै आयोजक फिदिम भेट्रन्स क्लब र बौद्ध भेट्रान्स क्लब रानिटार सेमिफाइनलमा प्रबेश गरेका छन् ।फिदिम माबिको मैदान भएको उद्घाटन खेलमा आयोजक फिदिम फिदिम भेट्रान्सले दार्जिलिङको युनाइटेड फ्रेन्ड क्लबलाई टाइब्रेकरमा ४–१ गोलले हराउदै सेमीफाइनल प्रबेश गरेको हो । टाइब्रेकरमा फिदिमका गोलरक्षक रोशन श्रेष्ठ नायक बने ।
निर्धारित ८० मिनेटको खेल १–१ को बराबरीमा सकिएको पछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । खेलको २३ औं मिनेटमा फिदिमका सुवास लिम्बुले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । दोश्रो हाफमा रबि राईले गोल गर्दै दार्जिलिङलाई खेलमा फर्काएका थिए । टाइबे्रकरमा फिदिमका लागी निराजन श्रेष्ठ,सुवास लिम्बु, प्रदेश केसी र हेम नेपालीले गोल गरेका थिए । दार्जिलीङका लागी दिपक राईले मात्र गोल गर्न सफल भए । राजु तामाङ र सञ्जय गोलाइको प्रहार फिदिमका गोल रक्षक रोशन श्रेष्ठले रोकेका थिए । दुइ प्रहार रोकेका फिदिमका गोल रक्षक रोशन श्रेष्ठ प्लेयर अफ दि म्याच बने ।
बुधबारनै भएको दोश्रो खेलमा बौद्ध भेटा्रन्सले आठराइ गाउँपालिका तेह्रथुमलाई सडनडेथमा हराउदै प्रतियोगिताको सेमीफाइनलमा प्रबेश गरेको छ । निर्धारित समयमा दुबै टोलीबाट कुनै गोल नभए पछि खेल टाइब्रेकरमा गएको थियो । पेनाल्टी सुटआउटमा पनि ५–५ गोलको बराबरी भए पछि खेलको निर्णय सडनडेथबाट भएको थियो ।
सडनडेथमा बौद्ध भेटा्रन्सका तेजबहादुर गुरुङले गोल गर्दा आठराइ गाउँपालिका तेह्रथुमका गोलरक्षक तिलक तामाङको प्रहार बौद्ध भेटा्रन्सका गोलरक्षक तेजबहादुर गुरुङले रोकेका थिए । बौद्ध भेट्रान्सका गोलरक्षक तेजबहादुर गुरुङ प्लेयर अफ द म्याच चुनिए । आयोजक क्लबसहित ८ टोलीले प्रतियोगितामा भाग लिएका छन् । प्रतियोगिताको विजेता टोलीले १ लाख ५ हजार र दोस्रोले ५० हजार हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
बिहिबारको खेलहरु
दुधे भेट्रान्स बिरुद्ध स्काइ क्लब धरान
दिउसो १ बजे
रेडस्टार क्लब बिर्तामोड बिरुद्ध गोरख भेटा्रन्स इलाम
दिउसो ३ बजे