पाँचथर । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पाँचथरमा खेलाडीको नाम दर्ता खुला गरिएको छ । माघ ३० गते सम्म नाम दर्ता खुला गरिएको जिल्ला खेलकुद समितिका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिए ।
सहभागी हुन चाहने महिला र पुरुष खेलाडीले माध ३० गतेसम्म समितिको कार्यालयमा आएर नाम दर्ता गनुपर्ने छ । मोक्तानले भने, ‘प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीले अनिवार्य रूपमा नाम दर्ता फारम भरेको हुनुपर्नेछ, फारम नभरेको खेलाडीले छनौट प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन् ।’
यसरी नाम दर्ता गरिएका मध्येबाट केहि समय पछि छनौटका लागी बोलाइने मोक्तानले जानकारी दिए । उनका अनुसार भलिबल, क्रिकेट, कबड्डी, एथ्लेटिक्स, ब्याडमिण्टन, फुटबल, खो–खो, बुद्धिचाल, भारत्तोलन, टेबलटेनिस, कराँते, तेक्वान्दो, बक्सिङ, कराँते, उसु, आई टि एफ तेक्वान्दो, ह्वाण्डबल र सेपाक्टालगायत खेल छनौट प्रतियोगितामा खेलाइने छन् ।
जिल्लाबाट छनौट भएका खेलाडीले कोशी प्रदेश छनौट प्रतियोगितामा सहभागी हुन पाउँनेछन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता चैत्र २३ गतेदेखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुँदैछ ।