पाँचथर । नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन पाँचथरको अध्यक्षमा कृष्ण बहादुर यवा चयन भएका छन्। बिहिबार फिदिममा भएको पहिलो जिल्ला अधिवेशनबाट यवा अध्यक्ष भएका हुन्। यवाको नेतृत्वमा २१ सदस्यि समिति गठन भएको जनाइएको छ ।
नेकपा एमालेनिकट भुतपुर्व सैनिक तथा प्रहरी संस्था, नेपाल राष्ट्रिय भुतपुर्व सैनिक तथा प्रहरी संगठन संगठनमासर्वसम्मत रूपमा संगठनको अध्यक्षमा यवालाई चयन गरिएको हो। उपाध्यक्षमा मनबहादुर खवार चयन भएका छन्।
साथै सचिवमा चन्द्रकुमार कुरुम्बाङ चयन भए भनेउपसचिवमा गोपाल घिमिरे र कोषाध्यमा नरहरी तामाङ चयन भएका छन्।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य अइन्द्रसुन्दर नेम्बाङको प्रमुख आथिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा एमाले पाँचथरका अध्यक्ष बिष्णुप्रसाद सापकोटा, सचिब पृथ्बी लावती र नेता धनकुमार फियाकको सहभागिता रहेको थियो ।