ताप्लेजुङ । ताप्लेजुङको पाथीभरामा देखिएको विवाद समाधानका लागि गृह मन्त्रालयले संघीय मामिला मन्त्रालयलाई पत्राचार गरेको छ ।
केबलकार नियमनको विषय संघीय मामिला मन्त्रालय अन्तर्गत पर्ने भएकाले स्थानीयका सवाल र सरोकारका विषयलाई समन्वय र सहजीकरण गरी तत्काल पहल अगाडि बढाउन आग्रह गरेको छ । शाखा अधिकृत ऋषिकेश खतिवडाद्वारा लेखिएको पत्रमा ‘केबलकार नियमनको विषय त्यस मन्त्रालय अन्तर्गत पर्ने भएको हुदा सो सम्बन्धमा स्थानीय रूपमा उठेका सवाल र सरोकारका विषयहरूलाई समेत ध्यान दिँदै सबै सरोकारवालासँग समन्वय र सहजीकरण गरी उक्त उत्त समस्याको समाधान गर्न तत्काल पहल अगाडि बढाइदिनु हुन् निर्दशानुसार अनुरोध छ’ भनिएको छ ।
‘नो केबलकार समूह’ र प्रहरीबीच गत माघ १२ गते झडप भएको थियो । झडपमा गोली समेत चलेको थियो भने दुवैतर्फका २१ जना घाइते भएका थिए । त्यसपछि गृहमन्त्री रमेश लेखकले वार्ता समिति बनाउने र आन्दोलनरत समूहसँग वार्ता गर्ने बताएका थिए ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90