पाँचथर । प्रेस चौतारी नेपाल पाँचथरको सातौं जिल्ला अधिवेशनले मदन थापाको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । जसअनुसार खुला उपाध्यक्षमा जीवन गौतम र समावेशी उपाध्यक्षमा दुर्गा खनाल चुनिएका छन् । यसैगरी सचिवमा इवरा जबेगु, सहसचिवमा राजकुमार इशारा र चिरञ्जीबी बिश्वकर्मा कोषाध्यक्षमा मौशम सम्हाम्फे चुनिएका छन् ।
सदस्यहरूमा बिकास घिमीरे,निशम लुइटेल,डेबिट ओझा मनोज थापा,अप्सना रम्तेल, सन्तोष खनाल,पुङमिहाङ नेम्बाङ निर्वाचित भए । रबिन्द्र काफ्ले प्रदेश प्रतिनिधि चुनिए । सागर खनाल र दिलकुमारी योञ्जन केन्द्रिय प्रतिनिधिमा निर्वाचित भए ।
नेकपा एमालेका केन्द्रिय सदस्य अइन्द्र सुन्दर नेम्बाङले उद्घाटन गरेका अधिवेशनको उद्घाटन समारोहमा पत्रकार महासंघ पाँचथरका अध्यक्ष भिमकुमार बाँस्कोटा , प्रेस युनियन पाँचथरका अध्यक्ष खविन लुइटेल, प्रेस सेन्टर पाँचथरका अध्यक्ष युद्ध बहादुर बोहोरा, फोनिज प्रदेश अध्यक्ष बिजयबोध लावती लगायतका अधिवेशन सफलताको शुभकामना दिएका थिए ।
यसै गरी प्रेस चौतारी पॉचथरले संगठनको २७ औं स्थापना दिवस तथा शाखाको ७ औं अधिवेशनको सन्दर्भमा ३ जना पत्रकारलाई सम्मान गरेको छ ।
चौतारीले पॉचथरका निवर्तमान अध्यक्ष तुलसी थापा,सह सचिव चिरञ्जिवि विश्वकर्मा र सदस्य मौसम सम्बाहाम्फेलाइ सम्मान गरेको छ ।
निवर्तमान अध्यक्ष थापालाई संघठनलाई अगाडी बढाउन पु¥याएको योगदानको कदर गर्दै दोसल्ला र कदर पत्र मार्फत सम्मान गरिएको जनाएको छ ।
यस्तै विश्वकर्मा चौतारी पॉचथरको प्रतिनिधित्व गर्दै दलित पत्रकार मञ्च कोशी प्रदेश सदस्य तथा सम्बाहाम्फे आदीवासी जनजाती पत्रकार महासंघ (फोनिज) को प्रदेश सदस्यमा निर्वाचित भएको मा बधाई पत्र मार्फत सम्मान गरिएको चौतारी पॉचथरले जनाएको छ ।