पाँचथर । फिदिम माविको खेलमैदानमा बुधवार निक्कै रमझम देखिएयो । पाँचथर सदरमुकाममा फिदिममा तीन दिवसइि सांस्कृतिक तथा फोटो प्रर्दशनी मेला सुरु भएको छ । हेल्प टुगेदर फाउण्डेसनको आयोजनामा स्थानिय पर्यटन प्रवद्र्धन, लागु औषध विरुद्धको सचेतना, नहुनेलाई कपडा प्रदान गर्ने, फोटो प्रर्दशनी र सास्कृतिक कार्यक्रम गर्ने गरी फिदिम माविको खेल मैदानमा मेलाको बुधवार उद्घाटन गरिएको छ ।
मेलाको अवसरमा फिदिम नगरपालिकका पर्यटकिय स्थल, सास्कृति र धार्मिक पक्ष झल्काउने फोटो प्रर्दशनीको सुभारम्भ गरिएको छ । यसैगरि नुहने लिने र हुनेले दिने गरि नाराका साथ क्लोड बैँक सुभारम्भ गरिएको छ ।
बुधवार लागुऔषध विरुद्धको सचेतना झल्काउने ¥याली पछि मेलाको उद्घाटन गरिएको थियो । उद्घाटन कार्यक्रममा च्याब्रुङ, लाखे, संगिनी नाच प्रर्दशन गरिएको थियो भने विभिन्न विद्यालयका विद्यार्थीहरुले नृत्य प्रर्दशन गरेका थिए ।
विभिन्न कार्याक्रमको संयोजन गरेर मेला आयोजना गरिएको फाउण्डेसनका सचिव नविन बुढाथोकिले जानकारी दिए । तीन दिन मेलामा विभिन्न कार्यक्रम हुने जानकारी दिएको छ ।
शुक्रवार दिपक बज्राचार्य र उनको रिदम ब्याण्डको प्रस्तुती रहने छ । पूर्वी पहाडमा पहिलो पल्ट आउन लागेकाले निक्कै प्राथमिकता दिइएको पाईन्छ । सोहि दिन भ्यालेण्नटाईन डे पनि भएकाले महत्पूर्ण रहने आयोजनकको अपेक्षा छ । फोटो प्रर्दशनीको पुरस्कारपनि सोहि दिन प्रदान गरिने जानकारी दिइएको छ
हेर्नुस तस्विर
सबै तस्विर ःगिरिराज बाँस्कोटा