पाँचथर । फिदिम नगरपालिकाको पर्यटन प्रवद्र्धनका लागि आयोजित फोटो प्रदर्शनीमा उत्साहजनक सहभागिता देखिएको छ । फिदिममा माघ ३० देखि फाल्गुण १ गते सम्म आयोजित ‘ पर्यटकीय फोटो प्रदर्शनी’ मा ५ सय बढिले अवलोकन गरेको आयोजक हेल्प टुगेदर पाँचथरका सचिब नबिन बुढाथोकीले जानकारी दिए ।
फिदिम माबिको खेलमैदानमा प्रदर्शनीमा राखिएको फोटोहरु फिदिम नगर पालिकाहरुका नागरिकहरुले अवलोकन गरेका थिए । फिदिममा विभिन्न कामको शिलशिलामा आएका ब्यक्तिहरुले समेत फोटो प्रदर्शनी समेत अवलोकन गर्दा खुशी व्यक्त गरे । उनीहरुले घुमफिरमा चासो हुनेहरुका लागि फिदिम नगर राम्रो क्षेत्र भएको फोटो प्रदर्शनी पश्चात् प्रतिक्रिया दिएका थिए ।
फोटो पत्रकार महासंघ पाँचथरका अध्यक्ष भवानी तावाले फिदिम नगर प्राकृतिक छाँटाले भरिपूर्ण हुँदाहुँदै कतिपय क्षेत्रको प्रचारप्रसारमा कमी हुन गएका कुराहरुलाई फोटो प्रदर्शनीले सहयोग मिलेको बताए । प्रदर्शनमिा राखिएको फोटोहरु अवलोकन पश्चात् तावाले पर्यटककलाई आकर्षण गर्न फिदिम नगरपालिका सहयोगमा हेल्पटुगेदर पाँचथरको आयोजनामा यस्तो प्रर्दशनी भएकोमा फोटो पत्रकार महासंघलाई थप हौसला मिलेको बताए । तावाले सौन्दर्यतापूर्ण फोटो कैद गर्ने फोटोग्राफरहरुलाई धन्यवाद दिए ।
फोटोको माध्यमबाट फिदिम नगरपालिकाको बारेमा जानकारी दिन हेल्प टुगेदर फाउण्डेसन पाँचथरको आयोजनामा फिदिम नगरपालिकाको सहयोगमा नगर स्तरिय २ दिने प्रतियोगितात्मक फोटो प्रदर्शनी आयोजना भएको हो । प्रतियोगितात्मक फोटो प्रर्दशनीमा सहभागि हुन आएका फोटो मध्येबाट छनोटकर्ताहरुको छनोटबाट ४८ वटा फोटोहरु प्रदर्शनी गरिएको थियो ।
४८ वटा फोटोहरु मध्ये उत्कृष्ट ३ वटा फोटोहरुलाई पुरस्कृत गरिने सचिब बुढाथोकीले जानकारी दिए । निर्णयकहरुबाट छानिएका फोटोहरुलाई शुक्रबार पुरस्कृत गरिने बताइएको छ ।