पाँचथर– पाँचथर सदरमुकाममा सम्पन्न प्रतिस्पर्धात्मक फोटो प्रर्दशनीमा जीवन राईले खिचेको फोटो प्रथम भएको छ । फिदिम नगरपालिकाको पर्यटन विषयमा भएको फोटो प्रर्दशनीमा सहभागि राईको हाब्रे (रेडपाण्डा) को फोटो प्रथम भएको हो ।
राइलाई १५ हजार रुपैँया सहित पुरस्कृत गरिएको छ । यस्तै, फुङ्सो जवेगुले द्धितिय स्थान हासिल गरेका छन् । उनले सुकेपोखरीमा हिँउ परेको बेला खिचेको फोटोले द्धितिय स्थान हासिल गरे । उनी १० हजार रुपैँया नगद सहित पुरस्कृत भए । सुगम ढुङ्गानाले खिचेको लाखे नाँचको फोटोले तृतिय स्थान हासिल गरेको छ । उनले ५ हजार पुरस्कार प्राप्त गरे । उदयमान फोटो पत्रकारको पुरस्कार लिला बोहोराले पाएका छन् । गुराँसको बगैचाबाट देखिएको सुर्योस्तको फोटामो उनलाई उदयमान फोटो पत्रकारको पुरस्कार दिइएको हो । उनले ३ हजार रुपैँया नगद पुरस्कार प्राप्त गरे ।
हेल्प टुगेर फाउण्डेसनको आयोजनामा दुई दिन फोटो प्रर्दशनी भएको थियो । प्रर्दशनीमा फिदिम नगरपालीका भित्रका ४७ वटा फोटो राखिएको थियो ।
फिदिममा फोटो प्रर्दशनी सम्पन्न
फिदिममा फोटो प्रर्दशनी सम्पन्न

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस