पाँचथर– ‘हावा जस्तै मलाई उड्न मन छ’, ‘के गरु म तिम्रो हुनलाई’, ‘बटुल्न खोज्दै छु झरेका सपना’ जस्ता विभिन्न गीतहरु बाट युवा पुस्तामा लोकप्रिय जोन चाम्लीङ राई र उनको ब्याण्ड दि लोकल्सले फिदिममा प्रस्तुती दिने भएको छ ।
फाल्गुन–१२ गते बेलुका ८ बजेदेखि उनको प्रस्तुती रहने आयोजक मध्येका सुजन मगरले जानकारी दिए । पूर्वी पहाडमा उनको लाईभ कन्सर्टलाई भव्यताका साथ सम्पन्न गर्नका लागि तयारी तिव्र बनाइएको आयोजकले जानकारी दिएको छ ।
इलाम, पाँचथर, ताप्लेजुङमा टिकट काउन्टर राखेर टिक विक्रि सुरु गरीएको आयोजकले जानकारी दिएको छ । १० गतेभित्र टिकट खरिद गर्नेले ४ सयमा टिकट पाउने छ । टिकटदर ५ सय रहेको छ ।
उच्च स्तरीय मञ्च र साउण्ड प्रयोग गरेर प्रोग्राम गर्न लागिएको आयोजकको भनाई रहेको छ । हाम्रो पे मार्फत पनि टिकट काट्न मिल्ने बताइएको छ ।
५ हजार भन्दा माथि दर्शक सहभागि हुने आयोजकको भनाई छ ।
फिदिममा गुञ्जीदै जोन एण्ड दि लोकल्स
फिदिममा गुञ्जीदै जोन एण्ड दि लोकल्स

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस