पाँचथर ।पाँचथर गोल्डकपको पाँचौ संस्करण अर्को साताबाट सुरु हुँदैछ । पाँचौ पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा भाग लिने टोलीको टुंगो लागेको छ । फागुन २४ गतेदेखि सुरु हुने प्रतियोगितामा टोलीको टुंगो लागे सँगै सम्भाबित बिजेता टोलीको समेत अनुमान गर्न समर्थकहरुले सुरु गरेका छ ।
प्रतियोगिता फिदिम माविको खेलमैदानमा हुनेछ । पाँचौ संस्करणको पाँचथर गोल्डकपमा भारतको हिल्स फुटबल एकेडेमी, आयोजक पाँचथर क्लब, ए डिभिजन क्लब नेपाल पुलिस फुटबल क्लब,मछिन्द्र क्लब,काठमाण्डौ चर्च व्वाइज फुटबल क्लब , हिमालयन शेर्पा क्लब, पथरी ११ फुटबल क्लब मोरङ, नमो बुद्ध युवा फुटबल क्लब सप्तरी गरि ८ टोलीको सहभागिता रहनेछ । फिदिमे दर्शकले फुटबलको माहोल पाउदै गर्दा सहभागि टिमहरुले कस्तो खेलाडी ल्याउने हुन भन्ने चिया गफ समेत सुरु भएको छ ।
देशभर फुटबल प्रतियोगिताहरु सञ्चालन भइरहेको हुदाँ कुन टिममा कस्तो खेलाडीहरु सहभागी हुन्छन् अनुमान गर्न गाह्रो छ । नाम चलेका र राम्रा भनिएका खेलाडीहरु अन्य क्लबमा रहँदा पाँचथरमा आउने खेलाडीहरुको अनुमान गर्न गाह्रो भएको एक फुटबल समर्थकले बताए ।
गोल्डकपमा ८ वटा क्लबले प्रतिस्पर्धा गर्नेछन् । फिदिम माबिको खेलमैदानमा हुने प्रतियोगिताकमा पाँचथरे फुटबल फ्यानहरू उत्साहित छन् । ‘ए’ डिभिजनमा क्लबबाट फुटबल खेलिसकेका र र्राष्ट्रिय स्तरमा आफूलाई प्रमाणित गरेका खेलाडीको आगमनले फाल्गुन २४ बाट पाँचथरे फुटबलमा पुनः पाँचथरे क्रेज देखिनेमा आयोजक आशाबादी छन् । फुटबलमा चासो दिने र र्राष्ट्रिय क्लब फुटबल नियमित हेर्ने फ्यानहरूको लागि पाँचथर गोल्डकपमा आउने स्तरीय खेलाडी सुखद समाचार हुन् ।
स्तरीय खेलाडी पाँचथरमानै आएर खेल्दा पक्कै खेल पनि स्तरीय हुने पाँचथरका फुटबल फ्यानहरुको विश्वास छ ।
यस अघि ए डिभिजन लिगमा देखा पर्ने गरेका नाईजेरिया, इथोपिया लगायत देशका खेलाडी साथै नेपालको ए डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेका नेपालका चर्चित खेलाडीहरू पनि हुने अपेक्षा यहाँका फुटबल समर्थकहरुको छ । ए डिभिजन लिगमा अनुभव बटुलिसकेका खेलाडीहरूसँग खेलेर यो पटक स्थानिय खेलाडीहरूलाई पनि खेलबारे थोर बहुत बुझ्न सक्नेमा आयोजक विश्वस्त देखिएको छ । यस प्रतियोगिताले पाँचथरे फ्यानको आकर्षण बढ्ने देखिएको छ ।
१. पाँचथर क्लब, पाँचथर
पाँचथर क्लबले स्थानिय खेलाडीहरु र बाहिरका स्तरीय खेलाडीहरुको सन्तुलनमा टिम निर्माण गरेको आयोजकले जनाएका छन् । पाँचथरको प्रतियोगितामा यहाँका केहि स्थानिय खेलाडीहरुलाई अवशर दिदै राम्रा र स्तरीय खेलाडीहरुको संयोजनमा टिम निर्माण गर्ने पाँचथर क्लबका अध्यक्ष कमल तुम्रोकले जानकारी दिए
२ .मछिन्द्र क्लब,काठमाण्डौं
पाँचथर गोल्डकपको अर्को ए डिभिजन क्लब मछिन्द्र क्लब,काठमाण्डौ हो । मछिन्द्र क्लब,काठमाण्डौं २०७९ सालमा भएको ए डिभिजन लिगमा शिर्ष दुईमा रहेको टोली हो । नेपाली फुटबलमा बलियो टिम मानिने मछिन्द्र क्लब,काठमाण्डौं गत पुसमा भएको फाल्गुनन्द गोल्डकमा उपबिजेता बनेको थियो । मछिन्द्र क्लबलाई उपाधि दाबेदार टोलीको रुपमा हेरीएको छ ।
३. चर्च व्वाइज युनाइटेड ,काठमाण्डौं
चर्च व्वाइज युनाइटडडे ,काठमाण्डौं २०७९ सालमा भएको ए डिभिजन लिग विजेता क्लब हो । गत मसिंरमा इलाममा सम्पन्न भएको इलाम गोल्डकप प्रतियोगितामा फाइनलमा अर्को ए डिभिजनको क्लब न्युरोड टिम (एनआरटी ),काठमाण्डौ सँग पराजित हुँदै उपबिजेता बनेको थियो । त्यसको एक सातामै झापा कपको उपाधि जितेको थियो । गत पुसमा भएको एघारौ फाल्गुनन्द गोल्डकपमा मछिन्द्र क्लबलाइ हराउदै उपाधि जितेको थियो । चर्च व्वाइज युनाइटेड ,काठमाण्डौं ए डिभिजनको क्लब नबन्दै यस मैदानमा पटक पटक खेलेको अनुभब छ । चर्च व्वाइज युनाइटेड ,काठमाण्डौ पाँचथर गोल्डकपको उपाधि दाबेदार टोली हो
४ नेपाल पुलिस क्लब
ए डिभिजनको अर्को क्लब हो नेपाल पुलिस क्लब । बिभागिय टोली पुलिस गत माघमा पोखरामा सम्पन्न भएको आहा रारा पोखरा गोल्डकपमा उपबिजेता बनेको टोली हो । उपाधि जित्ने लक्ष्य सहित पाँचथर आउने पुलिस क्लबले जनाएको छ ।
५. हिमालयन शेर्पा क्लब
अर्को ए डिभिजन क्लब हिमालय शेर्पा क्लब पनि उपाधि दाबेदार टोली हो । पछिल्लो समय फुटबल प्रतियोगिताहरुमा खासै सहभागिता नजजाएको शेर्पा क्लब टिम कस्तो बनाउछ त्यो प्रतिक्षा गर्नु पर्ने छ ।
६. पथरी ११ , मोरङ
पथरी ११, मोरङ पनि फिदिमको मैदानमा परिचित टिम हो । मोरङको टिम पनि पाँचथरमा उपाधि दाबेदार टोलीको रुपमा रहँदै आएको छ । मोरङ पूर्वको फुटबल पावरहाउसनै भएकाले मोरङको टिम राम्रो हुने अनुमान गरिएको छ ।
७. नमो बुद्ध युवा फुटबल क्लब,सप्तरी
यस प्रतियोगिताको सबै भन्दा अन्जान टोलिनै नमो बुद्ध युवा फुटबल क्लब हो । नमो बुद्ध युवा फुटबल क्लब पाँचथरको लागी र मौफसलमै पनि उति साह्रो नाम नसुनिएको क्लब हो । तर, नमोबुद्ध पहिलो सहभागितामा आफुलाई अब्बल साबित गर्ने मुडमा छ । ए डिभिजन लिगको अनुभब बटुलिसकेका खेलाडीहरुलाइ समेटेर टिम निर्माण गरेको नमो बुद्ध युवा फुटबल क्लब जानकारी दिएको छ ।
७ . हिल्स फुटबल एकेडेमी, भारत
हिल्स फुटबल एकेडेमीबाट उत्कृष्ट खेलाडीहरुको टिम आउने अपेक्षा आयोजक सँग छ । हिल्स फुटबल एकेडेमी भारतीय लिग खेलेका राम्रा खेलाडीहरु आउन सक्ने अनुमान आयोजक लिएका छन् ।