पाँचथर । पाँचौं पाँचथर गोल्डकप प्रतियोगितामा पथरी ११ले विजयीसूरुवता गरेको छ । उद्घाटन खेल आयोजक पाँचथर क्लब लाई हराउदै पथरी सेमीफाइनल प्रबेश गरेको हो । फिदिम माविको खेल मैदानमा सम्पन्न भएको उद्घाटन खेलमा पथरीले आयोजक पाँचथर क्लबललाई २–० गोलले हरायो । पथरीको जितमा सनम घिमाल र अकींत लिम्बुले गोल गरे ।
खेलको ५ औ मिनेटमा सनम घिमालको गोलमा पथरीले अग्रता लिएको थियो । अफसाइड भनि पाँचथरका डिफेन्डरहरुले सनमलाइ खाली छाड्दा पाँचथरले गोल खाएको थियो । दोश्रो हाफको अतिरिक्त समयमा पथरीका अंकित लिम्बुले गोल गर्दै टिमलाई बिजयी बनाए । पथरीको पोष्टमा अधिकांश समय प्रहार गरे पनि गोल गर्न चुक्दा पाँचथर प्रतियोगिताबाट बाहिरिएको छ ।
आजको खेलमा उत्कृष्ट खेल प्रर्दशन गरेका पथरीका गोल रक्षक समिर क्षेत्री प्लेयर अफ दि म्याच बन्दै नगद ७ हजार ५ सय प्राप्त गरे । फिदिम १२ निवासी सुनिता राई फ्यान अफ दि म्याच बन्दै नगर २ हजार ५ सय प्राप्त गरिन । प्रतियोगिताको विजेताले ११ लाख १ हजार, दोस्रो हुने टोलीले ५ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतियोगिताका सर्वोत्कृष्ट र उदीयमान खेलाडीले १५ हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर र प्रशिक्षकले समान १० हजार रुपैंयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगितामा फ्यान अफ दि म्याच हुने दर्शकले २ हजार ५ सय प्राप्त गर्ने छन् । प्रतियोगितामा सहभागी खेलाडी, अफिसियका साथै २ सय जना दर्शकको समेत सामुहिक विमा गरिएको आयोजकले जनाएको छ ।
आइतबार हुने खेल
चर्च व्वाइज युनाइटेड बिरुद्ध हिल्स फुटबल एकेडेमी भारत
पाँचथर गोल्डकप : पथरी ११ सेमीफाइनलमा
पाँचथर गोल्डकप : पथरी ११ सेमीफाइनलमा

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस